0
कास्कीका भदौरेतमागी, सल्यान र ढिकुरपोखरीमा पाकेर भि¥याउन ठीक्क अवस्थाको धानबालीमा शनिबार मध्यरातमा परेको असिनाले क्षति पु¥याएको छ । भदौरेतमागी र सल्यान गाविसमा अधिकाशं ठाँउमा असिनाले क्षेति पु¥याएको छ भने ढिकुरपोखरीका केही स्थानमा क्षेति पुगेको बताइएको छ । भदौरेतमागी अन्र्तगत तालिबराङ क्षेत्रका खागे, कुल्धुँ, भट्टीडाँडा, कुहिलीबोट, सल्यानका गिरपती लगायतका स्थान एवं ढिकुरपोखरीका मराउँचे, पाँउदुर, काँडे, नयाँबजार लगायतका ठाउँमा असिना परेको हो । असिनाले धानबाली लगायत कोदोबाली र तरकारीका समेत क्षति पु¥याएको भदौरे स्थित बहादुरे उच्च मा.विका प्राचार्य नबिनराज पौडेलले जानकारी दिए । असिनाले ९० प्रतिशत धान झारेको पनि पौडेलले बताए ।
पाकेको धान काटेर घरको भकारीमा राख्ने बेला, असिनाले झारेपछि मानो खाई मुरी उब्जाएर बर्षभरी खाउला भन्ने आशमा गत असारमा मेहनत गरी खेती गरेका त्यस क्षेत्रका किसानहरु यतिबेला निराश रहेका छन् । उनीहरुले सरकारसँग क्षतिपूर्तिको माग पनि गरेको छन् ।  

Post a Comment

 
Top