0
खुशि समूह बैदामको आयोजनामा आउँदो १५ गते पोखरामा १० किलोमिटर खुल्ला सडक दौड प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको आवश्यक तयारी पुरा गरिएको समुहका अध्यक्ष प्रकाश जैशिले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । केदारेश्वर महादेव मणि लामाखोर अगाडिबाट शुरु हुने दौड बाराही चोक, हल्लनेचोक,जरेवर, जिरोकिमी, सृजनाचोक, पृथ्वीचोक, नागढुङ्गा,  एयरपोर्ट, मुस्तानचोक, विरौटा, राष्ट्रबैकचोक हुँदै पुन ः केदारेश्वर मन्दिर अगाडि पुगि सम्पन्न हुने छ । प्रतियोगितामा प्रथम हुने धावकले नगद ७ हजार सहित मेडल प्रमाणपत्र, द्वितीय हुनेले नगद ५ हजार सहित मेडल प्रमाणपत्र तथा तृतीय हुनेले नगद २ हजार सहित मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न झण्डै १ लाख खर्च लाग्ने समूहले जनाएको छ । प्रतियोगितामा झण्डै सय जना धावकको सहभागिता रहने आयोजकको अनुमान रहेको छ ।

Post a Comment

 
Top