0
मेकानिकलहरुको साझा संस्थाको रुपमा स्थापित गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएसनले २१ औ वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले रक्तदानसहित विविध सामाजिक क्रियाकलाप सम्पन्न गरेको छ । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै संस्थाका पूर्वअध्यक्ष विश्वबन्धु थापाले सबै मेकानिक्सहरु एक भए एशोसिएसन बलियो हुने भन्दै यसमा लाग्न आग्रह गरे । कार्यक्रममा रक्तसंचार केन्द्रका प्राविधिक महेन्द्र केसीले रक्तदानको महत्वबारे प्रकाश पारे । एशोसिएसनका अध्यक्ष कुलबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यममा नेपाल अटो मकोनिकल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष सुवर्णमान नकर्मी, पूर्वअध्यक्ष सनतकुमार भट्टराई, कानुनी सल्लाहकार माधव बास्तोला, पोखरा उद्योग वाणिज्य संघका महासचिव रविन्द्रसन प्रजू, कास्की मोटरसाइकल एशोसिएसनका अध्यक्ष माधव खतिवडा, पश्चिमाञ्चल अटोमोवाइलका अध्यक्ष कालिदास पौडेल, कार्यक्रम संयोजक राजु दाहाल, सचिव पुरुषोत्तम सुवेदीलगायतले बोखेका थिए । कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए ।

Post a Comment

 
Top