0
पोखराको बाटुलेचौरमा रहेको कालिका मन्दिर तथा कोत मामलियत व्यवस्थापन समितिको अध्यक्षमा पुनः झङ्कनाथ देवकोटा चयन भएका छन् ।
शनिबार सम्पन्न ११ औँ अधिवेशनले समितिको उपाध्यक्षमा दुर्गा के.सी थापा, सचिवमा नारायणप्रसाद देवकोटा, कोषाध्यक्षमा बलराम भट्टराई र सहसचिवमा रामबहादुर जि.सी चयन भएका छन् । समितिको सदस्यहरुमा लक्ष्मी श्रेष्ठ, लोकबहादुर थापा, जीवनारायण श्रेष्ठ, मिठू बस्नेत, मिना वाँनिया, मिठु देवकोटा, पानबहादुर बस्नेत र कर्णहादुर खड्का रहेका छन् । यसअघि अधिवेशनको उद्घाटन समाजसेवी प्रेमबहादुर वाँनियाले गरेका छन् । सो अवसरमा समितिले आर्थिक सहयोग प्रदान गर्ने हेमबहादुर खड्का र दुर्गा के.सी थापालाई सम्मान गरेको थियो । उनीहरुलाई प्रमुख अतिथि बानियाँ, अध्यक्ष देवकोटा र सरथेश्वर शिवालय मन्दिरका अध्यक्ष मदनबहादुर के.सीले सम्मान गरेका थिए । नवनिर्वाचित समितिले बहुउद्देश्यीय भवनको स्तरोन्नती गर्नुका साथै मन्दिरको थप भौतिक विकास गर्नेछ ।

Post a Comment

 
Top