नेपाल कुष्ठ प्रभावित समाज (युएनसिआरपिडि) अभिमुखिकरण तथा पश्चिमाञ्चल क्षेत्रीय भेला शनिबार पोखरामा सम्पन्न भएको छ । भेलाले यशोदा राजभण्डारीको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा लक्ष्मी सुनार, सचिवमा भरत पुन, सह–सचिवमा सीता गुरुङ, कोषाध्यक्षमा मधु तामाङ, सह– कोषाध्यक्षमा सेतु बाहेरा र सदस्यमा भिमबहादुर ठकुरी चयन भएका छन् । यस अघि क्षेत्रीय भेला तथा अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक बालकृष्ण भूषालले कूष्ठ प्रभावित ब्यक्तिहरु आँफै समाजमा सचेतना फैलाउन अग्रसर हुनुपर्नेमा जोड दिए ।कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रमेशप्रसाद अधिकारी, जिल्ला विकास समिति कास्कीका कार्यक्रम अधिकृत अर्जून न्यौपाने, विकाश नेपालका प्रवन्धक गोपाल गुरुङ, लगाएतले नयाँ कार्यसमितिको सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।
नेपाल कूष्ठ पभावित समाज नेपालका केन्द्रीय अध्यक्ष पार्वती ओलीको अध्यक्षतामा पोखराको हरियो खर्क स्थीत विकाश नेपालको हलमा सम्पन्न भएको थियो ।
Post a Comment