
लेखनाथ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले लेखनाथ नगरपालिकाले सोही क्षेत्रलाई विगत देखिनै औद्योेगिक क्षेत्र स्थापनाका लागि छूट्टाएको बताए । उनले त्यस क्षेत्रमा रहेका केही स्थथानीय जग्गाको क्षतिपूत्र्तिको व्यवस्थापन समेत मिलाएकाले लेखनाथ नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा नेपाली कांग्रेस नगर सचिव विश्वराज लामिछाने, नेकपा एमाले नगर अध्यक्ष मोहन गुरुङ, नेकपा एमाओवादीका नगर अध्यक्ष विनय थापा, नेकपा–माओवादीका किसानसिङ गुरुङ लगायतले नगरको विकाका लागि सबै राजनीतिक दल, उद्योगी व्यवसायिका साथै संम्बन्धित सरोकारवाला सबै एक भएर लाग्नका लागि आग्रह गरेका थिए ।
संघका अध्यक्ष बाबुराम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमन भट्टराई, संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, नेपाल औद्योगिक क्षेत्र व्यस्थापन लिमिटेडका योजना तथा विकास विभाग प्रमुख राजकुमार मण्डल, पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र प्रवन्धक नेपाल भूषण वैद्य, उद्योगपति गोविन्द्रप्रसाद कर्माचार्य लगायतले लेखनाथमा वैकल्पिक औद्योगिक क्षेत्र निमार्णका लागि भौतिक पूर्वाधार, सुरक्षा लगायतका सम्पूर्ण सुविधाले उपयुक्त रहेको बताएका थिए । सरकारले शहरबजार केन्द्रित औद्योगिक क्षेत्रहरुलाई बस्तीभन्दा टाढा अर्थात ग्रामिण क्षेत्रमा लैजानुपर्ने नीति अघि सारेको छ । सरकारको नीतिमा औद्योगिक क्षेत्र बस्तीभन्दा करिब ४ किलोमिटर टाढा हुनुपर्ने रहेको छ । पोखराको औद्योगिक क्षेत्रमा उद्योग विस्तारका लागि कत्ति पनि ठाउं नरहेको र हाल सञ्चालनमा रहेका उद्योगहरुले पनि आफ्नो क्षमता विस्तार गर्न नसकेको भन्दै वैकल्पिक औद्योगिक क्षेत्रको खोजी भइरहेको बेला लेखनाथ उद्योग वाणिज्य संघले लेखनाथको पट्नेरीमा औद्योगिक क्षेत्र प्रस्ताव गर्दै आएको छ ।
Post a Comment