0
क्रियाशिल महिला विकास कृषि सहकारी संस्था लिमेटेड मासवारको प्रथम साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अथिती महिला तथा बालबालिका कार्यलयका कार्यालय प्रमुख लक्ष्मी जिसीले सहकारी भनेको सहकार्य भएकोले आफ्नो मूल्य र मान्यतालाई आधारित मानेर राज्यलाई नै विकास गनुपर्ने बताइन । कोषाध्यक्षको प्रतिवेदन संस्थाका कोषाध्यक्ष लक्षमी बरालले प्रस्तुत गरेकी थिइन । संस्थाकी अध्यक्ष शारदा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा किसान जागरण बहुमुखी सहकारीका अध्यक्ष लिला भक्त बराल, महिला क्लबका अध्यक्ष विष्णु पराजुली, संस्थाका सल्लाहाकार शशीकला बराल लगायतले बोलेका थिए । स्वागत मन्तब्य उपाध्यक्ष मनमाया बरालले राखेको कार्यक्रमको सञ्चालन सचिव पिङ्गला भट्टले गरेकी थिइन ।

Post a Comment

 
Top