0

बढ्दो सवारी साधन व्यवस्थित गर्न नभै नहुने ट्राफिक बत्ति पोखरामा लामो समयदेखि बल्न सकेको छैन । पोखराका मुख्य चोकहरुमा ट्राफिक बत्तिको आवश्यकता खड्कीय पनि त्यसका लागि अहिलेसम्म काम शुरु हुन सकेको छैन ।
पोखरा उपमहानगरपालिका र पोखरा अटो कमर्सियल पार्क
(पिक्याप) को सहकार्यमा पोखराको तीन वटा चोकमा ट्राफिक बत्ति जडान गरि संचालनमा आएको भएपनि एक ठाउँको भने जडानका प्रक्रिया संचालन हुँदा–हँुदै रोक्कियो । वि.सं. २०५९ सालमा पोखराको महेन्द्रपुल, चिप्लेढुङ्गा र सृजनाचोक ट्राफिक बत्ति जडान गरि संचालमा आएको थियो । मुस्किलले केहि समय संचालमा आएका ती ट्राफिक बत्ति अहिले संचालमा आउन सकेका छैनन् । ट्राफिक बत्ति नहुदा पोखराको मुख्य चोकहरुमा ट्राफिक व्यवस्थापन गर्न कठिनाइ भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख रविन्द्र श्रेष्ठले गन्थन डटकमलाई बताए । श्रेष्ठले ट्राफिक बत्ती नहुदा एउटै चोकमा धेरै ट्राफिक परिचालन गर्नु परेको बताए । उनले ट्राफिक बत्ति जडान हुने हो भने ट्राफिक प्रहरी कम भएपनि हुने बताए । नगरपालिकाले पोखरा कमर्सियल अटो पार्कसंगको सहकार्यमा तीन ठाँउमा झण्डै ४० लाखको लागतमा ट्राफिक बत्ति जडान गगरेको थियो । झण्डै दश वर्ष अघि महेन्द्रपुल, चिप्लेढुंगा र सृजनाचोकमा राखिएको बत्ति अलपत्र, भाँचियको र टुटेफुटेको अवस्थामा छन् ।
‘सवारीको चाप दैनिक जसो बढ्दै गएको छ । तर ट्राफिक व्यवस्थापनमा कठिनाई हुदै आएको छ ।’ श्रेष्ठले भने –‘ट्राफिक बत्ति संचालनमा आए व्यवस्थापनमा सहज हुने थियो ।’ थोरै दरबन्दीले ट्राफिक व्यवस्थापनमा कठिनाई भएको भन्दै प्रमुख श्रेष्ठले भनाई थियो । ट्राफिक बत्ति निर्माणका लागि प्राविधिक अध्ययनको खाँचो रहेको उनको भनाई थियो । ३ दिन मात्रै संचालनमा रहेर बन्द भएको शहीद भीमसेन चोकका त्यसपछि बत्ती बल्न छाडेको हो । बलेको छैन् ।त्यसपछि  उपमहानगर पालिकाको ९० प्रतिशत र पिक्यापको १० प्रतिशत आर्थिक लागतमा सृजनाचोक र चिप्लेढुंगामा बत्ति जडान भएको थियो ।
यी दुई स्थानका करिब तीन वर्ष जेनतेन बक्ति बले पनि त्यसपछि बल्न सकेको छैन । अनुमानित ४० लाख रुपियाँको लागतमा ती बत्ति जडान गरिएको नगरपालिकाले जनाएको छ । केहि वर्ष पहिलेको एक सर्भेक्षण अनुसार व्यस्त महेन्द्रपुलमा दैनिक ४ हजार सवारी साधन गुड्ने गर्छ भने त्यसैगरी सृजनाचोकमा र चिप्लेढुङ्गामा क्रमशः ४५ सय र ३८ सय सवारी गुड्ने गरेको तथ्याङ्क छ ।

Post a Comment

 
Top