0
पोखराको सहारा क्बलले देउसीभैलोबाट चार लाख बढि रकम संकलन गर्न गरेको छ । क्लबले देउसी भैलोबाट चार लाख तीस हजार पाँच सय ६३ रुपैयाँ संकलन भएको र संकलित रकम सहारा क्लब पोखराद्वारा संचालित सहारा एकेडेमी सञ्चालानार्थ खर्च गरिने क्लवका महासचिव केशबहादुर थापाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । ‘आत्मा साची राखी, मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने उद्देश्यका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले आफ्नो स्थापना कालदेखि नै नेपालीहरुको दोश्रो महान चाँड तिहारको उपलक्ष्यमा ‘सँस्कृतिको जगेर्ना गर्रौ, सहारा एकेडेमीलाई सहयोग गरौं’ भन्ने उद्घोषका साथ खेल्दै आएको छ ।

Post a Comment

 
Top