0
पोखरा उद्योग बाणिज्य संघले पर्यटन र औद्योगिक क्षेत्रको विकास एवं प्रवद्र्धनका निम्ति छुट्टै उपसमिति गठन गरेको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले  पर्यटन प्रवद्र्धन उपसमिति संयोजकको जिम्मेवारी  कार्यसमिति सदस्य सोम थापालाई सुम्पेको छ भने औद्योगिक  प्रवद्र्धन उपसमितिको संयोजकमा मोहनबाबु खड्का रहेका छन् । थापा पर्यटन र खड्का उद्योग सम्वद्ध व्यक्तित्व हुन् ।
संयोजकद्वयले  उपसमितिलाई छिट्टै पूर्णता दिने र ठोस कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरेको संघका महासचिव रविन्द्रबहादुर प्रजुले जानकारी दिए । यसैगरी पोखरा उद्योग बाणिज्य संघले मंसिरको पहिलो सातादेखि पोखरामा आयोजना हुने राष्ट्रिय औद्योगिक ब्यापार मेला–२०७१ को तयारी तीव्र पारेको छ ।
संघको सोमबार नै बसेको कार्यसमिति बैठकले टिकट ब्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी कार्यसमिति सदस्य अमितराज मुल्मी र खानेपानी तथा वातावरण उपसमितिको संयोजकको जिम्मेवारी कार्यसमिति सदस्य मोहनबाबु खड्कालाई दिएको छ । बैठकमा यसअघि नै गठित विभिन्न उपसमितिका संयोजकहरुले आ–आफ्नो कार्यप्रगति विवरणबारे जानकारी गराएका थिए । बैठक संघका अध्यक्ष विन्दुकुमार थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Post a Comment

 
Top