0

पासाङल्हामु मार्गको बालाजु–त्रिशूली खण्डको बेलकोट–५, तिगाउँ नजिकै आरुबोटेको भिरमा गत शुक्रबार भएको बस दुर्घटनामा मृत्यु हने सबैको सनाखत भएको छ । दुर्घटनामा मृत्यु भएका १४ मध्ये १२ जनाको सनाखत भएकामा बाँकी एक विदेशी र एक नेपालीको पनि आज सनाखत भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सनाखत भएकोमा ओखरढुङ्गा पातले–३ का २२ वर्षीय तेन्जिङ शेर्पा र पातले –७ का ५४ वर्षीय बलबहादुर सुनार तथा मलेसियाली २९ वर्षीय फ्रान्सिस लिङ सिउ जिङ भएको नुवाकोट प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा काठमाडौँ मनमँैजुका  ३४ वर्षीया नानीमैयाँ न्यौपाने, १६ वर्षीय प्रशान्त न्यौपाने र ४० वर्षीया गङ्गा तिवारी, रसुवा भोर्ले ५ का ३२ वर्षीय राजु थिङ, भोर्ले ४ की २२ वर्षीया लक्ष्मी घलान र  भोर्ले ४ कै १९ वर्षीय महेश घलान, नुवाकोट दाङ्सिङ ४ की ४० वर्षीया विमला तामाङ,  गेर्खुकी १२ वर्षीया करिना श्रेष्ठ, सिन्धुपाल्चोक ठूलोपाखरका ६० वर्षीय विष्णुकुमार तामाङको पनि निधन भएको छ ।
मृतकमा दुई इजरायली
मृतक हुने विदेशीमा इजरायली  ३० वर्षीय ओमेर सिमेश र सिराह  छन्् ।  घटनास्थलमा सात र उपचारका लागि अस्पताल लगिएकामध्ये त्रिशूली अस्पतालमा दुई, ग्रिनसिटीमा एक र त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा चार जनाको मृत्यु भएको थियो ।
काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसी जाँदै गरेको बा २ ख २२६६ नंको बसले क्षमताभन्दा तीन गुणा बढी यात्रु राखेकाले दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक अरुण पौडेलले बताए । चौँतीस जना सीट क्षमताको बसमा ८० भन्दा धेरै यात्रु  थिए । दुर्घटनामा परी ६८ जना घाइते भएका थिए । दुर्घटनामा घाइते भएका यात्रुमध्ये ३५ जनाको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको तथा अन्य सामान्य घाइते भएका यात्रु  उपचारपछि घर फर्किसकेका छन् ।

Post a Comment

 
Top