0
मिस तमुस्यो नेपाल २०११ को उपाधि जित्न सफल नवलपरासीकी नमिता तमुस्यो कोरियोग्राफर बन्ने भएकी छिन । मिस तमुस्योको शान मौलिक संस्कृतिको पहिचान भन्ने नाराका साथ नेपाल तमु विद्यार्थी छोँज धींले आयोजना गरेको चौथो मिस तमुस्यो नेपाललाई नमिताले कोरियोग्राफी गर्ने भए पछि कोरियोग्राफर बनेकी हुन् । मिस नेपाल, मिस मंगोल, मिस इकलेज लगायतका थुप्रै सौन्दर्य प्रतियोगीतामा सहभागी भई उपाधि समेत जित्न सफल भई राम्रो अनुभाव बटुलिसकेकी नमिताले यस वर्षको चौथो मिस तमुस्यो नेपाल २०१४ का प्रतियोगीहरुलाई कोरियोग्राफी गर्न लागेको मिस तमुस्यो नेपाल २०१४ का संयोजक भुपाल तमुले जानकारी दिए ।
तमु जातिको भाषा, संस्कार, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले विंस २०५४ साल शुरु गरिएको प्रतियोगीताको चौथो संस्करणमा मिस तमुस्यो नेपाल कै विजेतालाई अवसार प्रदान गरिएको उनको भनाई छ । नमिता संग सबै किसिमको प्रतियोगीताको अनुभव भएका कारण पनि नमितालाई कोरियोग्राफरको जिम्मा दिन लागिएको संयोजक तमुले बताए ।

Post a Comment

 
Top