0
पोखरामा २०२४ सालमा स्थापित पुरानो ज्ञानज्योति पुस्तकालयमा सौर्यबत्ती जडान एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । विजयादशमीको पूर्वसन्ध्यामा रामबजार सोसाइटी युकेको सहयोगमा संस्थामा विद्युतीय लाइब्रेरी संचालनका लागि रु.१ लाख १६ हजारको लागतमा सौर्यबत्ती जडान रामबजार सोसाइटी युकेका सल्लाहकार महेश गुरुङ्ग, सोसाइटीका अभिभावक मोहन बहादुर गुरुङ्ग (ढासा), मनवीर गुरुङ्ग (ढासा), रामबजार टोल सुधार समितिका अध्यक्ष सम्मरबहादुर श्रेष्ठ र ज्ञानज्योति पुस्तकालयका अध्यक्ष निरज थापाले संयुक्त रुपमा उद्घाटन गरेका थिए । सो अवसरमा संस्थाका सल्लाहकार महेश गुरुङ्गले विदेशमा रहेर पनि रामबजारको वृहत्तर विकासका लागि रामबजार सोसाइटीले विविध प्रकारका सहयोग गर्दै आएको छ र  यसलाई निरन्तरता दिने भन्दै सामाजिक व्यक्तित्वहरु रामबजारको पहिचानका लागि अग्रसर हुन आह्वान गरेका थिए ।  शुभकामना आदानप्रदान कार्यक्रममा टोल समन्वय समिति पोखरा १० का अध्यक्ष सम्मरबहदुर श्रेष्ठले पुस्तकालयलाई एक कम्प्युटर प्रदान गरेका थिए । पूर्व उपाध्यक्ष महेन्द्र कतिलाले संस्थालाई सूचना केन्द्रका रुपमा विकास गर्ने र आफूले पनि एक थान कम्प्युटर प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा रामबजार सोसाइटी युकेका अभिावक मनवीर ढासाले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष निरज थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माधव बरालले स्वागत मन्तव्य राखेका थिए भने सचिव गुरुदत्त कोइरालाले कार्यक्रमको संचालन गरेका थिए ।

Post a Comment

 
Top