0

विश्व शान्तिको कामना गर्दै आउँदो आइतबार अर्थात कार्तिक २ गते पोखरामा शान्ति दौडको आयोजना गरिने भएको छ । श्री चिन्मोई, ओननेस होम नामक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको आयोजनामा हुने दौडको स्थानीय संयोजन पोखरा उद्योग बाणिज्य संघले गर्नेछ । विश्व शान्तिको कामना गर्दै अंग्रेजी संवत १९८७ मा अमेरिकाको न्यूयोर्क सहरबाट सुरु भएको यो दौड विश्वका १ सय ४० देशमा पुगी सकेको कार्यक्रम संयोजक तथा पोखरा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्रीले जानकारी दिए । राजनीतिक वादबाट परै रहेर विश्व शान्तिको कामना गरिने यो दौडमा बोकिने टर्च(बत्ति)दौडमा सहभागी व्यक्तिको हातहातै सार्ने गरिन्छ । नेपालमा राजधानीपछि पोखरामा पहिलो पटक यो दौडको आयोजना गर्न लागिएको हो । विश्व शान्तिको अलावा पोखराको पर्यटन प्रवद्र्धन गर्नु यो दौडको उदेश्य रहेको पोखरा उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य अमितराज मुल्मीले जानकारी दिए । दौड बिहान ८ बजे विन्ध्यवासिनी मन्दिरबाट सुरु हुनेछ । दौड यहाँको भैरवटोल चोक, महेन्द्रपुल चोक, रंगशालामा केही बेर रोकिनेछ भने पोखराको एयरपोर्ट, ड्यामसाइड, गौरीघाट हुँदै वाराहीघाटसँगै जोडिएको फुटट्रयाक हुँदै क्याम्पिङ साइटमा पुगी समापन हुनेछ ।

Post a Comment

 
Top