0
चिप्लेढुङ्गा मिनी मार्केट व्यापारिक एशोसिएशनको प्रथम बार्षिकोत्सवको अवसरमा आयोजित तीन दिवसीय कार्यक्रम बिहीबारदेखि शुरु भएको छ ।
कार्यक्रमको पहिलो दिन बजार सहित वरपर क्षेत्र सरसफाई गरिएको महासचिव उमराज बाँस्तोलाले जानकारी दिए । सरसफाई कार्यक्रममा मार्केटका व्यवसायी हरुले सहभागिता जनाएका थिए । तीन दिवसीय कार्यक्रमको दोस्रो दिन १४ गते शुक्रबार रक्तदान कार्यक्रम गरिने छ । रक्तदान कार्यक्रममा सहभागि हुन एशोसिएशनले आव्हान गरेको छ ।कार्यक्रमको अन्तिम दिन १५ गते शनिबार बार्षिकोत्सव मूल समारोह सहित विविध सम्मान कार्यक्रम गरिने छ । पोखराका सडकमा व्यवसाय गरि बसेकाहरु सो मिनी मार्केटमा संगठित भई व्यापार÷व्यवसाय संचालन गरिरहेका छन् । सो मिनी मार्केटभित्र एकसय व्यवसायी सङगठित छन् ।

Post a Comment

 
Top