
त्यसैगरि गणेशमानसिंह फाउण्डेसन जिल्ला कार्य समिति कास्कीको पुनर्गठन गरिएको छ । कांग्रेसका अग्रज टंकमान नापितको अध्यक्षतामा सम्पन्न भेलाले गरेको निर्णयलाई गणेशमान सिंह फाउण्डेशन केन्द्रीय समितिले हालै स्वीकृत गरि जिल्ला अध्यक्षमा कांग्रेसका पुराना नेता खेमराज पौडेल, उपाध्यक्षमा सिकन्दर कुमार गुरुङ (भोजबहादुर) सचिव मुक्तिराम अधिकारी, कोषाध्यक्ष सुनयना पालिखे, सह–सचिव गौरी सापकोटा, र सदस्यहरुमा विश्व सिग्देल, राजेन्द्रनीधि कोइराला, दुर्गा तिमिल्सिना, कृष्णकुमारी परियार, वीरेन्द्रनारायण बिजुक्छे, राजेन्द्ररमण पराजुली, शिव प्रसाद पोखेल, शेखर गुरुङ, अरुण गिरी, सञ्जय मुल्मी लाई नियुक्ति गरेको छ ।
त्यसैगरि सल्लाहकारहरुमा सभासद यज्ञबहादुर थापा, पूर्ब मेयर भोला थापा, नगर विकास समितिका पूर्व अध्यक्ष अशोक पालिखे, कांग्रेस नेता सोभियत बहादुर अधिकारी, शंकर देवकोटा, टंकमान नापित, कबि तीर्थ श्रेष्ठ, पुलेन्द्रमान श्रेष्ठ, खेमकुमारी गुरुङ,मिना पाण्डे र कानुनी सल्लाहकारमा अधिवक्ता दीपक राज पौडेललाई चयन गरिएको सदस्य शेखर गुरुङ्गले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।
Post a Comment