0
कास्कीको कालिका गाबिस देउमाडीमा बुधबार दिउसो बाघको बच्चा मृत अबस्थामा भेटिएको छ । थाक खानेपानीको पानी टंकी भित्र मृत अवस्थामा बाघको बच्चा भेटीएको सामुदायिक प्रहरी सेवा केन्द्र कालिकाका अध्यक्ष राजेश भण्डारीले जानकारी दिए । स्थानीयको जानकारी पछि प्रहरी हवलदार पदम श्रेष्ठको नेतृत्वमा पुगेको सामुदयिक प्रहरी सेवा केन्द्र, कालिकाको टोलीले स्थानियबासीको सहयोगमा मृत बाघको निकालीएको थियो । हाल सामुदायिक प्रहरी सेवा केन्द्र कालिकाको कार्यालयमा राखिएको मृत बाघलाई विहीबार जिल्ला बन कार्यलयलाई बुझाइने अध्यक्ष भण्डारीले जानकारी दिए ।

Post a Comment

 
Top