0
औषधि थोक व्यवसायी संघ गण्डकीको आयोजनामा मंगलबारदेखि पोखरामा प्रथम फर्माकप–२०७१ फुटवल प्रतियोगिता जारी छ । आपसि भाइचारा विस्तार गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा १० टीमको सहभागिता रहेको छ । प्रतियोगिता १५ गतेसम्म संचालन हुनेछ । पोखराको मालेपाटन स्थित सशस्त्र प्रहरी बलको खेलमैदानका संचालित दोस्रो दिनको खेलमा औषधि विक्री प्रतिनिधि संघ गण्डकी, पद्य नर्सिङहोम र आयोजक टीम औषधि थोक व्यवसायी संघ ‘बी’ विजयी भएका छन् । पहिलो खेलमा औषधि विक्री प्रतिनिधि संघले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल टीमलाई १ का विरुद्ध ३ गोलले पराजित ग¥यो । यस्तै दोस्रो खेलमा पद्य नर्सिङ होमले गण्डकी मेडिकल कलेजलाई २ का विरुद्ध ४ गोलले पराजित ग¥यो भने अन्तिम खेलमा आयोजक औषधि थोक व्यवसायी संघ ‘बी’ साहारा अस्पताललाई १ का विरुद्ध २ गोलले पराजित ग¥यो । प्रतियोगिता अन्तर्गत शुक्रबार पद्यम नर्सिङ र औषधि थोक व्यवसायी संघ ‘बी’का बीच तथा मणिपाल हस्पतालको डक्टर्स टीम र औषधि विक्री प्रतिनिधि संघ गण्डकीका बीचमा हुने संघका अध्यक्ष श्रीराम पराजुलीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । बिहीबार भएका खेलमा वेष्ट प्लेयरको उपाधि पाउने खेलाडीहरुलाई औषधि व्यवसायी संघका रुद्र मल्ल, कासी काफ्ले लगायतले मायाको चिनो प्रदान गरेका थिए । यसअघि फुटवल प्रतियोगिता को उद्घाटन संघका अध्यक्ष श्रीराम पराजुलीले गरेका थिए । प्रतियोगितामा प्रथम र द्वितीय हुनेले खसी उपहार प्राप्त गर्ने प्रतियोगिता संयोजक अजय कोइरालाले बताए ।

Post a Comment

 
Top