0
पोखराको इन्द्र पुरीटोलमा हिड्दै गरेकी एक महिलाको सिक्रि लुटिएको छ । बुधबार दिऊसो बाटोमा हिंड्दै गरेकी ७८ वर्षीया विष्णु गुरुङको सिक्री लुटिएको हो । बाटोमा हिंड्दै गर्दा मोटर साइकलमा आएका दुई जनाले सिक्रि चुडालेर भागेको कास्कीका प्रहरी प्रवक्ता केदार रजौरेले जानकारी दिए । उनले लुटपाटमा संलग्न हुनेको खोजी कार्य भैरहेको बताए । मोटरसाइकलमा पछाडि बसेकाले गुरुङको घाटीबाट सिक्रि चुडाले मोटरसाइकलमा भागेका थिए । उनले मोटरसाइकलामा आई गरगहना लुटपाट हुन सक्ने भन्दै सबैलाई सचेत हुन आग्रह गरे ।

Post a Comment

 
Top