0

लायन्स क्लव अफ हेमजाले आयोजना गरेको प्रथम अन्तर लायन्स फुटसल प्रतियोगितामा उपाधी लायन्स क्लव अफ पोखरा पिस सिटिले हात पारेको छ । शनिबार भएको फाईनल खेलामा लायन्स क्लव अफ पोखरा मुनाललाई हराउदै लायन्स क्लव अफ पोखरा पिस सिटिले उपाधि हात पारेको हो । उपाधी जित सगै पिस सिटिले नगद २५ हजार टूफि प्रमाण पत्र प्राप्त गरेको छ भने पोखरा मुनालले नगद १५ हजार टूफी र प्रमाण पत्रमा चित्त वुझाएको थियो । त्यसैगरि तेस्रो स्थानाको लागि भएको प्रतियोगितामा लायन्स क्लव अफ पोखरा पोखरा ग्लोबल सिटिलाई हराउदै लायन्स क्लव अफ गोल्डेन चौतारी तृतीय भएको थियो । गोल्डेन चौतारीले नगद १० हजार टूफि र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा सर्वाधिक गोल गर्नेमा लायन्स क्लव अफ पोखरा पिस सिटिका शंकर थापा र उत्कृष्ट खेलाडी लायन्स क्लव अफ पोखरा मुनालका धर्मबहादुर लामिछाने घोषित भए । त्यसैगरि प्रतियोगिता पहिला टिम दर्ता गर्ने लायन्स क्लव अफ गोल्डेन चौतारीलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा विजयी टिमलाई जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक वसन्तकुमार लामा र लायन्स क्लव अफ हेमजाका अध्यक्ष मोतीराज तिमिल्सिनाले पुरस्कार प्रदान गरेका थिए ।  प्रतियोगितामा १७ टिमको सहभागिता रहेको छ । कार्यक्रममा युवा पत्रकार प्रकाशचन्द्र सापकोटा र  कार्यक्रम संयोजक सन्तमान श्रेष्ठलाई सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा पाष्ट मल्टिपल काउन्सिल चियर पर्सन प्रेमबहादुर श्रेष्ठ, फष्ट भाइस डिष्टिूक गर्भनर पिएमजेएफ धु्रवबहादुर थापा, सांग्रीला विकास वैकका क्षेत्रिय प्रवन्धक दिपेन्द्र सुवेदी, लायन्स क्लव अफ हेमजाका संस्थापक अध्यक्ष तीर्थबहादुर थापा, सञ्चार सहकारी हेमजाका सचिव केशवशरण पौडेल, लायन्स क्लव अफ हेमजाका सहकोषाध्यक्ष प्रकाश पौडेलले बोलेका थिए । लायन्स क्लव अफ हेमजाका अध्यक्ष मोतिराज तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा द्धितीय उपाध्यक्ष धर्मराज भण्डारीले स्वागत र तृतीय उपाध्यक्ष नवराज त्रिपाठीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top