
समापन कार्यक्रमका प्रमुख अतिथि सभासद् शारदा पौडेलले गाउँमा हुने कार्यक्रमले युवामा सकारात्मक सामाजिक क्रियाकलाप तर्फ लाग्ने भावना बढन सघाउ पु¥याउने बताइन । आयोजक क्लबका अध्यक्ष महेन्द्रराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व गाविस अध्यक्ष अग्रज समाजसेवी क्या. गंगाबहादुर खत्री, तेजबहादुर गौतम, गाविस सचिव कमल बस्नेत, प्रतियोगिता संयोजक यमबहादुर बसनेत, प्रचार संयोजक चेतबहादुर खत्री, क्लबका उपाध्यक्ष रेशम खत्री, सचिव अनिल केसी, कोषाध्यक्ष सुमित बस्नेत लगायतले बोलेका थिए । भलाम गाविस पोखराको उत्तरी सिमानासँग जोडिएको कृषि उत्पादन, धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।
Post a Comment