0

कास्कीको लामाचौर निवासी समाजसेवी बलराम भण्डारीको परिवारले पोखराका विभिन्न बृद्धाश्रम र अनाथालयमा खाद्य सामाग्री सहयोग गरेको छ ।
आफ्नी धर्मपत्नी स्वं मायादेवी भण्डारीको स्मृतिमा भण्डारी र उनका छोरा विमलमानसिंह भण्डारीले पोखरा सिता पाईलास्थित पोखरा बृद्धाश्रम टुटुङ्गामा रहेको वात्सायन बृद्धाश्रम, बाटुलेचौरमा रहेको अन्नपूर्ण अनाथालय, रत्नचोकको कृष्णप्रणामी, सर्वेश्वर शिवालय, लामाचौरमै रहेको माता कल्याणी आश्रम सुरथेश्व शिवालय र अकला मन्दिरमा पुगी खाद्य तथा फलफूल वितरण गगरेका थिए ।
पोखरा बृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराुजलीले सहयोगी भावनाबाट नै बृद्धाश्रम चलेको बताउँदै भण्डारी परिवारप्रति धन्यवाद व्यक्त गरेका थिए । त्यस्तै लामाचौरको सुरथेश्वर र सर्वेश्वरमा आश्रय लिएर बसेका बृद्धबृद्धाहरुले पनि भण्डारी परिवारले गरेको सहयोगप्रति खुसी व्यक्त गरेका थिए । लामाचौर गाविसका पूर्व अध्यक्ष भण्डारीकी धर्मपत्नी ६३ वर्षीय मायादेवी भण्डारीको गत असोज १७ गते निधन भएको थियो ।

Post a Comment

 
Top