0
निकाल्नु भयो र प्रश्नहरु राख्न थाल्नु भयो । किनकी अनुजज्युले पोखरामा पुस्तक बाड्ने एक अभियान चलाउनु भएको थियो त्यसै विषयलाई लिएर कुरो चलिरहेको थियो । जस्तै सवाल जवाफ सकियो । वहाले आफनो कालो ब्यागदेखि एउटा क्यामेरा निकालेर फोटो पनि खिची हाल्नुभयो र मलाई पनि भन्नु भयो लौ त सर लिन पर्यो भन्नु भयो  । क्यामेरा झोलामा राखेर वहाले पुस्तकहरु निकाल्नु भयो र हस्तान्तरण गर्नु भयो । एक साहित्यप्रेमी पाठकको नाताले किनेरै पढ्नु पर्छ भनेर तोकिएको मध्ये केही रकम बुझायौं ।
पुस्तकको नाम यो कसको हात हो ? दोस्रो संस्करण थियो । आवरण हेरेको गजब लाग्यो सँगै नाम हेरेको तीर्थराज अधिकारी थियो । जुन नाम सुनेकै थियो र परिचित पनि थियो । अनुज जी र वहा कुरा कै धुनमा जुट्नु भयो मलाई भने पुस्तकतर्फै ध्यानाकर्षण रह्यो । सरसरती हेरे कभरमा आवरणको पेजसँगै पहिलो पेज पल्टाएर हेरे । झनै खुशी लाग्यो । सम्पादक पनि वहा स्वयम् नै हुनुहुँदो रहेछ । विषयसूची हेर्दै दोस्रो पेजतर्फ लागे । वरिष्ठ साहित्यकार चेतन कार्कीज्युको आशीर्वचन भेटे । खुब मज्जाले लेख्नु भएको रैछ,  झटारोमार्फत परिचित भएका कुरा र तीर्थराजज्युलाई कवि भनाउने ठहरका कुराहरु राख्नु भएको रैछ । हेर्ने क्रममा मैले फुटकर कविताहरु तर्फ आखा पुर्याए । खबरदार, कविताले खबरदार नै गरायो । बुद्ध तिमी फेरी जन्म कविताले बुद्धको आवश्यकता महशुस गरेको छ । सरसरती हेर्ने क्रममा फड्को मारेर मैले लाज नभएको तीर्थेमा पुगे एकछिन त झसङ्ग भए, हैन यो क्या हो बुढाले पागलपनामा लेखेछन् क्या हो भन्ने गरायो ।
शिर्षक पो खतरनाक रैछ तर भित्रको आन्द्राभुडी मजाले छिचोलेर व्यथाहरु पोख्नु भएको रैछ । खुब मजाले आन्दित हुदै त्यो भीडभाडमा हो हल्लाको बीचमा पढे । अब झ्याउरे गितहरुतर्फ फड्को मार्नपर्यो भनेर लागेको मात्र के थिएू । शुरुमै लमजुङको यादमा
बिर्सेको छैन पाउँदी दोभान भोटेको ओडार ।
पश्चिम रम्घा सूर्यपाल अनि तान्द्राङ टक्सार । ।
वर्षाको बेला के गर्दै होलिन कुन्छाकी सानिमा ।
 तीजमा माईत गएकी होलिन देउता पानीमा ।।
मस्याङ्दी नुहाउन आउलिन खुदी ठूलएकादशीमा ।
डोलीको फूल तारदै होलान उनेर रसिमा ।।
पोखरा हुँदै मोटरको बाटो करापू झरेर ।
म आजै पुग्छु सिन्दुरे ढुंगा मिदिम तरेर ।।
फुलेको होला बुकीको फूल बाग्लुङ पानीमा ।
बसेछ मेरो सुन्दर बजार आखाको नानीमा ।।
मालिङ नाल्मा भुजुंगको काफल टिपेर खाउूला ।
पुरानो कोटमा फुलेको गुराूश शिरैमा लाउूला । ।
पस गाउँबाट झरेको भोजे मधेस जानलाई ।
गिलुंगे दिदी पोखरा आईन ममचा खानलाई । ।
मानचौका माथि परेवा डाूडा क्या राम्रो हाडेटार ।
तार्कुको मोटर उदीपुर पुग्यो काटेर सिउूडिबार । ।
चितीकी फुपू बसेकी होलिन चिटिक्क परेर  ।
ससुराल आउलान जिताली भेना मस्र्याङदी तरेर । ।
बंग्रेली ठुले गएछ लाहुर त्यो नेटो काटेर ।
बिचरी सोल्टी बसेकी होलिन दुई चुल्ठी बाटेर । ।
खै समिभज्यांग, खै भोर्लेटार, खै भार्ते अर्चले  ।
म खोज्न जान्छु म हेर्न जान्छु आफनै खर्चले । ।
खेलेको ठाउँ त्यो दुराडाँडा हुर्केको चन्द्रेश्वर ।
धुस्र्यानी गाूउमा पुर्याई देउन हे मेरा परमेश्वर । ।
बसेकै होलान ति खाजे दुरा राजालाई बोकेर ।
दुष्ट र पापी गईसके होलान सुइकुच्चा ठोकेर । ।
गाँउको शहर बेशीको दरबार माथिको चण्डिस्थान ।
रहिछन धन्य उत्तर कन्या हे मेरा भगवान । ।
निबुवा मिठो ईशानेश्वरको घेर्मुको दाल मिठो ।
हेर्नमा राम्रो वन्सारको नाच ताघ्रिङको ताल मिठो ...
लगायत यस्तै यस्तै मन प्रफुल्ल भयो, खुशीको सिमाना रहेन । हुन त, म पनि लमजुङगमा नै जन्मेको भएर हुन पर्छ । नत्रत यसरी खुशी हुनुको कुनै कारण छैन । समग्रमा भन्ने हो भने पुस्तकको सम्पादन र हरेक पक्षमा मैले कुनै खोट लगाउन सकिन । लगाउने मेरोमा खुबी पनि कहाँ होला हाम्रा अनन्य मित्र वरिष्ट साहित्यकार एवम् पत्रकार असफल गौतमज्युलाई हृदयदेखी नै हार्दिक आभार प्रकट । यसरी पोखरामा लमजुङको माया हातमा थमाईदिनु भएकोमा ।

सुरज गुरुङ

Post a Comment

 
Top