0
असहाय र बेवारिसे ज्येष्ठ नागरिकहरुको संरक्षण र सेवा पु¥याउँदै आएको पोखरा उपमहानगर पालिका वडा नं १७, सीतापाईला स्थित पोखरा बृद्धाश्रमले हालै मात्र आफ्नो अठारौं बार्षिकोत्सव मनाएको छ । अठार बर्ष उमेर संगै उक्त बृद्घाश्रम पश्चिमाञ्चलको नमुना आश्रम बन्ने तरखरमा लागेको छ । उक्त कुराको जानकारी संस्थाको बार्षिक साधारण सभाको आफ्नो प्रतिवेदन मार्फत प्राप्त गराइएको छ । पांच जना बृद्घबृद्घाबाट आफ्नो सेवा संचालन गर्दै आएको आश्रमले अब निकट भविष्यमा एक सय बृद्घबृद्घालाई सुबिधा सम्पन्न आश्रममा सेवा दिन सक्ने दावी गरेको छ । साधारण सभाका प्रमुख अतिथि तथा पूर्व बिज्ञान तथा प्रबिधि मन्त्री गणेश शाहले समेत आंफ्नो जन्मभूमि पूर्वाञ्चलको जनकपुरमा भएपनि पश्चिमाञ्चलको पोखरामा संचालन हुंदै आएको पोखरा बृद्घाश्रमलाई हरतरहले सहयोग गर्ने बचन बद्घता जनाएका छन् । आश्रमको साधारण सभामा प्रमुख अतिथिको आसनबाट शाहले भने “ज्येष्ठ नागरिकहरु अनुभवका खानी भएकाले उनीहरुलाई सम्मान गर्न समाजले जान्नु पर्छ ।” उनको कथन थियो तर हाम्रो सामाजिक संरचना ध्वस्त हुंदै गएको र संस्कार बिहिन बन्दै गएकोमा भने चिन्ता लिनु पर्ने उनले बताए । अहिले बाबुआमा प्रति छोराछोरी उत्तरदायी बन्न छाड्दै जानु यस्तै बिकृतिको स्वरुप भएको उनको आरोप थियो । यसपाली साधारण सभाका लागि काठमाण्डौबाट अतिथिहरुको आगमनले पोखरा बृद्घाश्रमका संचालकहरु र आश्रममा आश्रृत ज्येष्ठ नागरिकहरुलाई हौसला थपेको छ । यसैगरी झरी लागिरहेको मौसममा समेत काठमाण्डौ देखि पोखरा बृद्घाश्रमको साधारण सभामा शुभकामना मन्तब्य दिन आईपुगेका नेपाली उद्यमी तथा बैज्ञानिक डा. दिवसमान अमात्यले आफूहरु बिज्ञानमा बिश्वास गरेतापनि परंपरागत रुपमा मानी आएको सांस्कृतिक मान्यता बिरुद्घ नरहेको बताए । उनले भने “ यदि ज्येष्ठ नागरिकहरुको शिप र प्रबिधि हस्तान्तरण नहुने हो भने हामीले कुनै पनि उन्नति गर्न सकिदैंन ।” यसै गरी सभाका अर्का बक्ता तथा सेवा नेपालका संरक्षिका कल्याणी शाहले पोखरा बृद्घाश्रमले गरेको प्रगतिबाट नेपाल सरकारले समेत सेवा कसरी गर्नु पर्छ ? भन्ने कुरा सिक्न लायक छ भनिन् ।
हाल ५५ जना असहाय र बेवारिसे ज्येष्ठ नागरिकहरुको लालनपालन, स्वास्थ्य सुबिधा र आवास उपलब्ध गराउंदै आएको उक्त आश्रमलाई नेपाल सरकारले समेत पश्चिमाञ्चलको नमुना बृद्घाश्रम बनाउन प्रयत्न गरेको छ । समाज कल्याण मन्त्रालयका पूर्व सचिव दिनेश अधिकारीका अनुसार यो प्रयासमा बृद्घाश्रमले आफूंलाई केही स्तरोन्नति गर्नु पर्ने छ । यसकालागि आश्रमले यसै आर्थिक बर्षमा करिव एक करोड पैंतिस लाख बराबरको नयां सुबिधा सम्मन्न भवन निर्माण सम्पन्न गर्दै छ । आश्रमका अध्यक्ष बसन्त केशव पराजुलीका अनुसार आश्रमले केही दिनमा अन्य संस्था संग सहकार्य गरी दिवा सेवा एवं जेरियाट्रिक सेण्टर संचालन गर्दै छ । यसको तयारीका लागि आश्रमका सल्लाहकार डा.अमृत घिमिरेलाई संयोजक बनाइएको छ । सोही अवसरमा रुद्रदेवी तुलाचन लाइ स्व प्रकाशसिह तुलाचन स्मृती पोखरा वृद्धाश्रम स्वास्थ्य उपचार कक्ष निर्माणमा सहयोग पु¥याएकोमा सम्मान गरिएको थियो । भवन निर्माणको लागि तुलाचन परिवारले ५ लाख भन्दा बढि नगद प्रदान गरेका थिए ।

Post a Comment

 
Top