0
झण्डै चालिस बर्ष अगाडि पोखरेली जनताले देखेको बिमानस्थलको सपना साकार हुने आशाका किरणहरु चुलिएको छ । गत सोमबार नेपाल सरकार मन्त्रि परिषदको निर्णयले नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनिया कम्पनी सिएएमसी ईन्जिनियरिङ बीच भएको सम्झौंतालाई अनुमोदन गरेको छ । उक्त निर्णयले हामी ट्राभल ट्रेडका पर्यटन व्यबसायीहरुलाई हर्षको उर्जा थपेको छ । त्यसका लागि सरकारलाई धन्यबाद ज्ञापन गर्दै उक्त निर्णयको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)ले स्वागत गरेको छ ।
पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया थालनीका लागि चिनियाँ कम्पनी सिएमसीलाई दिने निर्णयले पोखरेलीहरुमा उमंग छाएको छ । नेपालमा रहेको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको बिकल्पको रुपमा बन्न लागेको उक्त विमानस्थलका लागि लामो समयको प्रयासपछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणको सम्झौता हुन अन्तिम समयमा आई पुग्दा पनि पटक परियोजनालाई पछाडि धकेल्ने कार्य भई रहेकोले यसले सार्थकता पाउन सकेको थिएन र सम्बन्धित निकायहरुबाट भएका पहलहरु पनि प्रक्रियामा अल्मलिरहेको नाट्टाले जारी गरेको विज्ञप्तिमा जनाएको छ । यस्ता राष्ट्रिय महत्वका परियोजनाहरुमा अनियमितता र अपारदर्शिता हुन हँुदैन भन्दै पोखराबासीद्वारा विमानस्थल पारदर्शी एवं मितव्ययी रुपमा शीघ्र निर्माण गर्न थालिएको नागरिक दवाबमा ऐक्यबद्धता नाट्टाले जनाएको छ ।  नाट्टाका महासचिव सञ्जयकान्त सिग्देलद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ–‘विमानस्थलको निर्माण कार्य तत्काल शुरु गर्न यस भन्दा अगाडि विभिन्न चरणहरुमा बिमानस्थल निर्माण सरोकार समिती मार्फत बिभिन्न आन्दोलनका कार्यक्रमहरु पनि सम्पन्न गरि सकेका थियौं । यस परिस्थितिमा मन्त्रिपरिषदको निर्णयलाई पुन प्रक्रियामा लगी अल्मल्याउने प्रयास गरिएमा हाम्रो आन्दोलन जारी रहने छ । कुनै बाहानामा बाधा अडचन नगर्न आव्हन गर्दै बिमानस्थल निर्माण प्रक्रिया यथासिग्र शुरु होस हाम्रो खबरदारी जारि रहन्छ ।’ प्रधानमन्त्री सुशिल कोईरालाले निर्माण प्रक्रियाको कार्यलाई अगाडि बढाईदिन स्वयं अग्रसर भई हामी पोखरेलीहरुमा विकासका अनुभूति दिन सक्नुभएकोमा धन्यवाद सहित सरकारको यो निर्णयको नाट्टाले स्वागत गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी नेपाली कांग्रेस पोखरा उपमहानगरपालिका वडा नं. ९ वडा कार्यसमितिले पनि मन्त्रीपरिषदको बैठकले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने निर्णयको स्वागत गरेको छ । वडा समितिका सभापति रामराज लामिछानेले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालको मात्र नभएर विश्वकै सुन्दर पर्यटकीय नगरि पोखरामा पर्यटकको आवत–जावतमा ठूलो सहयोग मिल्ने आशा व्यक्त गरे । विज्ञप्तिमा भनिएको छ– ‘विमानस्थल निर्माणको प्रक्रियाले पोखरा लगायत समग्र नेपालकै आर्थिक विकासमा सहयोग पु¥याउनेछ । नेपाल एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटकको चापलाई थेग्न नसकेर अर्को अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकतालाई महसूस गरि गरिएको यस निर्णयबाट पोखरा लगायत पश्चिमाञ्चलवासी सबैको खुशीको लहर छाएको छ । पोखार क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पोखरालगायत यस क्षेत्रको समग्र विकामसमा अभूतपूर्व योगदान दिने विश्वास लिएका छौं ।’ पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्दछौं कांग्रेस वडा समिति पोखरा ९ ले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Post a Comment

 
Top