0
शहरी विकास मन्त्री डा. नारायण खड्काले पोखराको वसपार्कको निमार्ण कार्य तत्काल शुरु गर्ने बताएका छन । लुमन्ती आवासका लागि सहयोग समूह पोखरा उपमहानगरपालीकाको सहकार्यमा संचालित क्लिफ परियोजना अन्तर्गत पोखरा १४, समावेसी र सुन्दर टोलमा निर्माण भएका १ सय ५ घरको उद्घाटन गर्दै मन्त्री खड्काले पोखराको विकासमा वसपार्क अति आवश्यक भएकोले वसपार्कको निर्माण प्रक्रियाका लागि भोलिदेखि नै मन्त्रालयबाट काम सुरु गर्ने वचन दिएका हुन । उनले भने “मन्त्रालयमा वसपार्क निर्माण गर्ने बिषयमा फाईल पुगेकोले सो फाईल अघि बढाउन मैले नेतृत्व लिन्छु ।’
मानव जीवनमा आवास महत्वपुर्ण भएकोले गरिब परिवारको लागि यस्तो आवास परियोजना निकै आवश्यक भएको बताएका मन्त्री खड्काले नेपालमा रहेका घर वार विहीन गरीब जनतालाई यस्ता योजनाहरु अन्य शहरी क्षेत्रसम्म पु¥यान सवै लाग्नुपर्नेमा जोड दिए ।
विश्वमा १ अर्व जनताको आवास विहीन भएको भन्दै उनले नेपालमा लाखौ जनताहरु घरवार विहीन भएकोले उनीहरुलाई घर मालिक बनाउन यस्ता योजना आवश्यक भएको बताए । सवैसंगको सहकार्यमा यस्तो आवास पाउनु लोकतन्त्रसंगसंगै मानव अधिकार पनि भएको मन्त्री खड्काले दाबी गरे । उदाहरणीय आवास निर्माण भएको बताउँदै उनले सो क्षेत्रमा आवश्यक पर्ने विकास पूर्वाधारका लागि पोखरा उपत्यका नगर विकास समिति र पोखरा उपमहानगर पालिकालाई सहयोग गर्न आग्रह गरे । राष्ट्रिय आवास नीति, सुविधा युक्त आवास निर्माण गर्न शहरी विकास मन्त्रालय प्रतिवद्ध भएको मन्त्री खड्काले प्रष्ट पारे । उक्त योजनामा मापदण्डमा लचकता अपनाएर आवश्यक पूर्वाधार निर्माण गर्न सम्बन्धित निकायलाई उनले निर्देशन समेत दिए ।
सभासद शारदा पौडेलले पोखराका सुकुम्वासीले दुःखः पाएको धन्दै उनीहरुको घर घरमा बिजुली वत्ती दिनुपर्ने माग राख्दै पोखरामा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न जग्गा धनिलाई चलन चल्तीको आधारमा मुआब्जा दिनुपर्नेमा जोड दिइन । उचित मुआब्जाको लागि आफूले नेतृत्व गर्ने समेत उनले दाबी गरिन् ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले सीमित जमिनलाई सहिरुपमा प्रयोग गरी आवास निमार्ण गर्नुपर्ने बताए । पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत महेश बरालले सो आवास क्षेत्रमा अझै विकासका पूर्वाधारको करीब डेढ करोड आवश्यक भएकोले यसमा मन्त्रालयबाटै सहयोग आवश्यक भएको बताए ।
नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञावाली, एमाले कास्कीका अध्यक्ष कृष्ण केसी, पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष बिष्णुप्रसाद बाँस्तोला, एमाओबादी कास्कीका नेता ज्ञानबहादुर कोइराला, नेकपा माओबादीका शिव खनाल, सुन्दर टोलका बलराम राना, युएन ह्यावीटाटका पदमशुन्दर जोसी, आवास व्यवस्थापन समितिका अध्यक्ष लोकप्रसाद बञ्जरा, धुव्र भट्टराई लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
उक्त योजनामा छनोट गरेका उपभोक्ताबाट आवास व्यवस्थापन समिति गठन गरेर काम अगाडि बढाईएको लुमन्ति पोखरा कार्यालयका फिल्ड संयोजक सन्तोष जिसीले बताए ।
आवास व्यवस्थापन समितिका अध्यक्ष लोकप्रसाद बञ्जरा भन्छन्,“आवासको लागि जग्गाको खोजी, मुल्य निर्धारण र घर बनाउने  ठेकेदार नियुक्ति पनि उपभोक्ताले
नै गरेका हौं ।” परियोजना व्यवस्थापन समितिले छनोट गरेका उपभोक्ताले ३ लाख ९० हजारदेखि ४ लाख ३५ हजारसम्म  रकम तिरेपछि  उपभोक्ताको नाममा साढे दुई आना जग्गाको जग्गा धनी पूर्जा बन्ने र पूर्जा धितो राखेर लक्ष्मी बैंकले ४ लाख ऋण उपलब्ध गराएको छ । घर बनाउनको लागि ८ प्रतिशत व्याजमा ४ लाख ऋण लिएका छन् । उक्त ऋण ७ वर्षमा चुुक्त्ता गर्नुपर्ने उनले बताए । उनका अनुसार बैंकमा मासिक बुझाउने किस्ता ६ हजार ४ सय १४ छ  ।
 उपभोक्तालाई सस्तोमा ऋण दिनको लागि दाताले दिएको ५ करोड ६० लाख रुपैयाँ लुमन्तिले लक्ष्मी बैंकको मुद्धति खातामा राखेको छ भने लक्ष्मीले उक्त रकमको ४ प्रतिशत मात्र लुमन्तिलाई व्याज दिन्छ । प्राप्त व्याज पनि लुमन्तिले समुदायको विकासका खर्च गर्ने गरेको छ । जिसी भन्छन्,“लुमन्ति र लक्ष्मी बैंकको सहकार्यले उपमोक्ताले सस्तोमा ऋण पाएका छन् ।” समुहमा काम गर्दा पोखराको उक्त ठाउँमा चलेको जग्गाको मुल्य भन्दा आधा सस्तोमा उपभोक्ताले जग्गा पाएका छन् ।

Post a Comment

 
Top