0
लायन्स क्लव अफ हेमजाको आयोजनामा बिहिबार देखि प्रथम अन्तर लायन्स फुटसल प्रतियोगिता   शुरु भएको छ । प्रतियोगिता कात्तिक १ गते सम्म चल्ने छ । प्रतियोगितामा १७ टिमको सहभागिता रहेको छ ।
लायन्स सदस्यहरु वीच आपसी भाईचारा बृद्धि गर्ने, नेपालको समग्र फुटवलको विकासलाई महात्वपूर्ण योगदान दिनै नया पुस्ता निर्माणमा सहयोग पु¥याउने र लायन्स क्लव अफ हेमजाको छविलाई उच्च राख्दै छरिएर रहेको श्रोतलाई एकिकृत गर्दै सामाजिक सेवामा लगाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । विहीबार भएको पहिलो लायन्स क्लव अफ पोखरा पिस सिटीले लायन्स क्लव अफ पोखरा पोखरा फिष्टेल सिटीलाई १३–० गोल अन्तरले लायन्स क्लव अफ पोखरा पिस सिटी विजयी भएको छ । उक्त प्रतियोगितामा पिस सिटिका जर्सी नं. ३ का शंकर थापा म्यान अफ दि म्याच घोषित भए ।
 दोस्रो खेलमा  लायन्स क्लव अफ पोखरा सुन्दर नगरी विजयी भएको छ । लायन्स क्लव अफ पोखरा सेन्ट्रल टाउन खेल खेल्न नाआएपछि सुन्दर नगरीलाई वाकवभर दिई विजयी भएको हो ।
तेस्रो खेलमा लायन्स क्लव अफ पोखरा गोल्डेन चौतारीले लायन्स क्लव अफ पोखरा सिर्जना चौतारीलाई १२–०ले पराजित गरेको छ । उक्त खेलमा गोल्डेन चौतारीका जर्सी नं. २३ का राजेन्द्र वस्नेत म्यान अफ दि म्याच घोषित भएका थिए । त्यैसगरी चौथो खेल अन्तर्गत लायन्स क्लव अफ हेमजाले लायन्स क्लव अफ पोखरा फेवा फिष्टेल सिटिलाई १२–० ले पराजित गरेको छ । जसमा लायन्स क्लव अफ हेमजाका जर्सी नं.७ का शुशिल श्रेष्ठ म्यान अफ दि म्याच घोषित भएका थिए ।
पाँचौ खेलमा लायन्स क्लव अफ पोखरा माछापुच्छ«ले लायन्स क्लव अफ पोखरा तालवाराहीलाई ९–०ले पराजित गरेको छ । जसमा पोखरा माछापुच्छ«ेका जर्सी नं.१८ का पूर्णचन्द्र न्यौपाने म्यान अफ दि म्याच घोषित भएका थिए ।
छैटौ खेलमा लायन्स क्लव अफ पोखरा गोल्बल लेकसिटीले लायन्स क्लव अफ पोखरा आगनलाई ११–१ गोल अन्तरले पराजित गरेको छ । जसमा गोल्बल लेकसिटिका जर्सी नं.९ का सोमबहादुर विक म्यान अफ दि म्याच घोषित भएका छन् । सातौ खेलमा लायन्स क्लव अफ पोखरा पिस चौतारीले लायन्स क्लव अफ पोखरा युनाईटेड चौतारीलाई ६–३ गोल अन्तरले पराजित गरेको छ । जसमा पिस चौतारीका जर्सी नं.६ का विनायक रञ्जित म्यान अफ दि म्याच घोषित भएका थिए । आठौ खेलामा लायन्स क्लव अफ पोखरा मुनालले लायन्स क्लव अफ पोखरा डाउन टाउनलाई ११–१ गोल अन्तरले पराजित गरेको छ । जसमा पोखरा मुनालका जर्सी नं. १५ का धरम बहादुर लामिछाने म्यान अफ दि म्याच घोषित भएका छन् ।
त्यैसगरि बिहिबार भएको अन्तिम खेलमा लायन्स क्लव अफ पोखरा पिस सिटीले लायन्स क्लव अफ पोखरा सेन्ट्रललाई १७–० ले पराजित गरेको छ । जसमा पिस सिटिका जर्सी नं. ८ का शैलेश रायमाझी म्यान अफ दि  म्याच घोषित भएका थिए ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि क्षेत्रिय प्रशाशन कार्यालय पोखराका क्षेत्रिय प्रशाशक दिनेशकुमार थपलियाले लयान्स क्लवले समाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रशंशा व्यक्त गरे । कार्यक्रममा आईपिएम सिसि एम जे एफ दिपक श्रेष्ठ, प्रतियोगिताका संयोजक सन्तमान श्रेष्ठ, लायन्स क्लव अफ हेमजाका सहकोषाध्यक्ष प्रकाश पौडेलले बोलेका थिए ।
लायन्स क्लव अफ हेमजाका अध्यक्ष मोतिराज तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा द्धितीय उपाध्यक्ष धर्मराज भण्डारीले स्वागत र तृतीय उपाध्यक्ष नवराज त्रिपाठीले कार्यक्रम सञ्चालन गरेका थिए । प्रतियोगितामा प्रथम हुनेले २५ हजार, द्वितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार प्रमाण पत्र ट्रफी प्राप्त गर्ने छन् ।

Post a Comment

 
Top