0

सूर्यचन्द्र विकास समाजद्वारा संचालित सहिद पुस्तकालय पोखरा ५ मालेपाटनलाई सहयोग स्वरुप ३३ थान पुस्तक प्राप्त भएको छ ।  पोखरा ५ मालेपाटन पस्र्याङ्गस्थित बगैंचा बचत तथा ऋण सहकारी संस्था लि.ले वार्षिक साधारण सभाको अवसर पारेर राजनेताहरुको जीवनी, बाल पुस्तकहरु, उपन्यास, सामान्य ज्ञान लगायतका विषयका पुस्तकहरु प्रदान गरेको हो । संस्थाका अध्यक्ष भेषराज पोखरेलले सार्वजनिक पुस्तकालयलाई सबै क्षेत्रबाट सहयोग हुनुपर्ने भावनाका साथ पुस्तक सहयोग गरेको बताए ।

Post a Comment

 
Top