
कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले व्यवसायीक उत्पादन तर्फ अग्रसर गराउनका लागि पहिलो आवस्यकता शान्ति सुरक्षा हो जहाँ व्यवसायीहरुले निर्धक्कका साथ काम गर्न सकुन उनको भनाई थियो । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा आईएलओ राष्ट्रिय संयोजक प्रकाश शर्माले नेपालमा अनौपचारिक क्षेत्र र यसका चुनौती र अवशर विषयक कार्यपत्र र घरेलु तथा साना उद्योग कार्यालय कास्कीका कार्यालय प्रमुख कृष्णप्रसाद आचार्यले कार्यशालाको उद्देश्य र कास्कीमा लघु घरेलु तथा साना उद्योग दर्ताको अवस्था, दर्ता नहुनुका कारणहरु र दर्तावाट प्राप्तहुने अवसरका वारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेल, संघका निवर्तमान अध्यक्ष सुमन भट्टराई, श्रम कार्यालयका कार्यालय प्रमुख हरिप्रसाद शर्मा, आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत विजय लामिछाने, जिल्ला कृषि विकास कार्यालय कास्कीका कार्यालय प्रमुख रमेश प्रसाद कोईराला लगायतले आ–आफ्नो धारणा राखेको कार्यक्रमको संचालन संघका महासचिव वलराम ढकालले गरेका थिए ।
Post a Comment