0
सरकारले राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धकमा नायब महाप्रबन्धक श्रीरामसिंह बस्नेतलाई नियुक्त गरेको छ ।     मन्त्रिपरिषद्को बिहीबारको बैठकले उहाँलाई महाप्रबन्धकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले बताए । नवनियुक्त महाप्रबन्धक बस्नेत २०४४ सालमा खुला प्रतिस्पर्धाबाट छैटाँै तहको सहायक सम्पादकका रूपमा राससमा प्रवेश गरेका थिए । विसंं २०१४ मा काठमाडौँमा जन्मनुभएका उनले २०४२ सालमा समीक्षा साप्ताहिकबाट पत्रकारिता थालेका थिए । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गर्नुभएका महाप्रबन्धक बस्नेतले अमेरिका, मलेसिया, फिलिपिन्स, विभिन्न प्रतिष्ठित शैक्षिक प्रतिष्ठानबाट पत्रकारितासम्बन्धी अल्पकालीन तालिम तथा भारतीय जनसञ्चार संस्थान (आइआइएमसी)बाट आमसञ्चारमा पोष्ट ग्य्राजुएट डिप्लोमा, फ्रान्सेली समाचार समिति एएफपीबाट समाचार समिति पत्रकारिता र नेपाल प्रेस इन्स्टिच्युटबाट १० महिने पत्रकारिता प्रविणता तालिम हासिल गरेका छन् । उनले ‘पत्रकारिताका आयाम’ लगायत आमसञ्चार एवम् पत्रकारितासम्बन्धी आधा दर्जन पुस्तक प्रकाशन गरेका छन् ।

Post a Comment

 
Top