
वि.सं.२०६४ साल श्रावण १४ गते देखि वित्तीय कारोवार शुरु गरेको फाइनान्सले आठौं साधारण सभाबाट पारित गरेपश्चात् संस्थाको जारी तथा चुक्ता पुँजी २८ करोड ३५ लाख ८० हजार ४ सय रुपैयां पुगेको बताइएको छ ।
संस्थाले निक्षेप संकलन र कर्जा लगानी गर्ने नियमित कार्यको अतिरिक्त एबीबीस सेवा, विविध रेमिट्यान्स सेवा, सन्ध्याकालिन सेवा, ३६५ दिन बैंकिङ्ग सेवा, एटीएम सेवा प्रदान गर्दै आइरहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले गोल्डेन न्यूज दैनिकलाई बताए । केन्द्रीय कार्यालय सहित १० वटा शाखा कार्यालय रहेको फाइनान्सको हालसम्म २ अर्व ४६ करोड निक्षेप संकलन र २ अर्व १८ करोड रुपैयाँ कर्जा लगानी रहेको जनाइएको छ ।
Post a Comment