0
पोखराको चिप्लेढुङ्गामा प्रधान कार्यालय रहेको सिटी डेभलपमेण्ट बैंकले आठौं वार्षिकोत्सव अवसर पारी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जीवनदान भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा ७० युनिट रगत संकलन भएको छ । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाका सभापति बामदेव ढुङ्गानाले बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरेका थिए । कार्यक्रममा बैङ्कका कर्मचारी, शेयर सदस्यहरु, स्थानीय व्यापारी, उद्योगी, समाजसेवी, महिला तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले कार्यक्रमलाई सफल बनाउनका लागि सहयोग गर्ने सबैमा आभार प्रकट गरेका थिए ।

Post a Comment

 
Top