0
 नेपाली भारतीय भूतपूर्व सैनिक संघर्ष समिति गण्डकी, धौलागिरिले आफ्ना मागहरु राख्दै पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियालाई ज्ञापनपत्र बुझाएका छन् । नेपालको नागरिकतामा एउटा र पेन्सन पट्टामा अर्को नाम हुदाँ पेन्सन पाउने समयमा नेपालमा नपाइने हुनाले भारतीय पेन्सन पट्टामा भएको नामबाट पनि अर्को नागरिकताको माग गर्दै उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् । पोखरामा एक कार्यक्रमको आयोजना गरी समितिका अध्यक्ष बुद्धिबहादुर गुरुङ्गले थपलियालाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै थपलियाले नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने मात्र नभई त्यसको कार्यान्वयन हुने कति समय लाग्छ र आफूले सबै किसिमका  सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘तपाईहरुको समस्याको स्वामित्व अब नेपाल सरकारले लिएको छ, त्यसलाई आफ्नै समस्या मानेर समाधान गर्न लाग्ने छौँ ।’ ज्ञापनपत्र बुझ्दै थपलियाले भने ।
नेपाल र भारतबीच सम्बन्ध प्रगाढ बनाउन नेपाली भारतीय भूतपूर्व सैनिकको भूमिका ठूलो भएको बताउँदै क्षेत्रीय प्रशासक थपलियाले त्यसको लागि नेपाल सरकारले भारतीय भूतपूर्व सैनिकलाई सम्मान गर्नुपर्ने बताए् । भारतीय या बेलायती सेना दुवैले नेपालीको पहिचान विदेशमा पु¥याउन मद्दत गरेको भन्दै उनले सैनिकले पाएको पेन्सनले बैदेशिक मुद्धामा आम्दानी बढाएको र सैनिकको कार्यलाई  राष्ट्रले मूल्याङ्कन तथा समान गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा समितिका सल्लाहकार क्याप्टेन लालरञ्जन गुरुङ्ग, समितिका उपाध्यक्ष क्याप्टेन रुद्रबहादुर थापा, समितिको कोषाध्यक्ष कोषप्रसाद गुरुङ्ग लगायतले आ–आफ्नो भनाई राखेका थिए । नेपाली भारतीय भूतपूर्व सैनिक संघर्ष समिति गण्डकी, धौलागिरिका अध्यक्ष क्याप्टेन बुद्धिबहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सञ्चालन पृथ्वी नारायण क्याम्पसका प्राध्यापक मनबहादुर गुरुङ्गले गरेका थिए ।

Post a Comment

 
Top