
दुर्घटनामा परी कारमा सवार पाँचजनामध्ये दुईजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा काठमाडौँ लप्सीफेदीका ५२ वर्षीय साधुराम तिवारी, ३५ वर्षीय सरोज तिवारी, ३० वर्षीया ललिता तिवारी र ३५ वर्षीय चालक सिर्जन पोख्रेल रहेका छन् । दुर्घटनामा घाइते भएका एकजनाको अवस्था गम्भीर रहेको र उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ ।
Post a Comment