0

मुक्तिनाथ विकास बैंक लिमिटेडकोे, लगानीकर्ताहरुलाई ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २ प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश वितरण गर्ने निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृती प्रदान गरेको छ । साथै यस अवधिसम्म बैंकको चुक्ता पुँजी ३६ करोड ७५ लाखको २५ प्रतिशत (४ः१ को अनुपातमा) हकप्रद शेयर निष्काशनको लागि धितोपत्र बोर्डवाट स्वीकृत भएकोछ, तत्पश्चात बैंकको चुक्ता पुँजी ५९ करोड ९० लाख २५ हजार हुनेछ । चालु आर्थिक बर्षको प्रथम त्रैमाससम्म बैंकले रु. ५ अर्व ५९ करोड निक्षेप संकलन तथा रु.४ अर्व ८८ करोड कर्जा लगानी गरि ६ करोड ८३ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेप संकलन ४१ प्रतिशत, कर्जा लगानी ४६ प्रतिशत र संचालन मुनाफा ७८ प्रतिशतले बृद्घि भएकोछ । हाल सम्म बैंकले २० वटा आधुनिक बैंकिङ्ग, १५ वटा सीमित बैंकिङ्ग र ५ वटा लधुवित्त ईकाइ कार्यालयहरु बाट सेवा प्रदान गरिरहेको छ भने निकट भविष्यमा कास्की जिल्लाको पोखरा–१७ छोरेपाटन, पोखरा–१३ काहुँखोला, हेम्जा गाविस–०५ मिलनचोक, लेखनाथ न.पा.–३ बुढीबजारमा र पाल्पा जिल्लाको तानसेन न.पा.–०३ तानसेन बजारवाट आधुनिक बैंकिङ्गको शाखा विस्तार गर्ने प्रकृयामा रहेकोछ ।

Post a Comment

 
Top