0
आगामी मंसिर १३ गते हुन गइरहेको चौथो मिस तमुस्यो नेपाल २०१४ लाई सम्पन्न गर्न तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
तमु विद्यार्थी छोँज धीं कास्कीले आयोजना गरेको चौथो मिस तमुस्यो नेपाल २०१४ लाई सफल बनाउन सहआयोजकको भूमिका निर्वाह गरि आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गर्ने निर्णय गरेको हो । जिल्ला समिति कास्कीको सोमबार बसेको बैठकले विद्यार्थी संगठनले आयोजना गर्ने मिस तमुस्योलाई हरेक तवरले सहयोग गर्ने निर्णय गरेको जिल्ला सचिव चेत बहादुर तमुले जानकारी दिए ।
तमु भाषा, संस्कार संस्कृतिको जगेर्ना गर्न संस्था कटिवद्ध रहेको भन्दै विद्यार्थीको कार्यक्रममा अभिभावक संस्थाको भूमिका निर्वाह गर्ने बताएका हुन् ।
त्यसैगरि तमु विद्यार्थी छोँज धीं कास्की जिल्लाको बैठकले मिस तमुस्यो गर्न विभिन्न उपसमिति गठन गरेको छ । गठित तालिम व्यवस्थापन उपसमिति संयोजकमा प्रचार सचिव सुजन तमु, आर्थिक संकलनमा सचिव भोज तमु र साँस्कृतिक उपसमितिमा जिल्ला सदस्य माया तमुस्योलाई चयन गरेको चौथो मिस तमुस्यो नेपाल २०१४ का मुल आयोजक समिति संयोजक भुपाल तमुले जानकारी दिए । प्रतियोगिताको देशभरबाट छनोट अडिसन सम्पन्न गरि कार्तिक १५ गते देखि १ महिने प्रशिक्षण शुरु हुँदैछ ।
देशभरबाट छनोटमा परेका प्रतियोगीहरुलाई पोखरामा विभिन्न विधामा प्रशिक्षण दिई मंसिर १३ गते अन्तिम फइनल गरिने उनले जानकारी दिए ।

Post a Comment

 
Top