0
पोखराको लेखनाथस्थित ढुङ्गेपाटनमा रहेको पोखरा विश्वविद्यालयमा भएको आर्थिक अनियमितता एवं भष्ट्राचार अनुसन्धानका क्रममा उपकुलपति खगेन्द्रप्रसाद भट्टराई सहित २३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार हिरासतमा लिएको छ । विश्वविद्यालयका पदाधिकारी र कर्मचारीहरुले विश्वविद्यालयको कोषको रकम हिनामिना गरी अनियमितता एवं भ्रष्टाचारजन्य कार्य गरेको प्रमाणबाट देखिइन  आएको र निजहरुले आफू विरुद्धको प्रमाण लोप वा नास गराउन सक्ने तथा आयोगको कामकारवाहीमा बाधा पु¥याउन सक्ने देखिएकोले उनीहरुसबैलाई हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको अख्तियार पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराले जनाएको छ ।
भ्रष्टाचारमा संलग्न देखिएका ईन्जिनियरि सुरेश बराल हाल फरार रहेको र बरालको खोजि कार्य भैरहेको सफल न्यूजमा खबर छ । हिरासतमा लिइएकाहरुमा उपकुलपति भट्टराई, तत्कालिन कार्यकारी परिषद् सदस्यहरु इन्द्रप्रसाद तिवारी, भवानीप्रसाद पाण्डे, ज्ञानेश्वर शर्मा, चन्द्रमणि पौडेल, ईश्वरचन्द्र बाँनिया, कार्यकारी परिषद् सदस्य दिपकराज पौडेल, रजिष्ट्रार प्रा.डा.मानबहादुर केसी, योजना महाशाखा प्रमुख हरिबहादुर खड्का, उपप्रशासक लेखा यादव थापा, उपप्रशाससक लेखा रविन्द्रप्रसाद बराल, पूर्व उपकुलपति केशरजंग बराल, पूर्व रजिष्ट्रार ओमप्रकाश शर्मा, विज्ञान तथा प्रविधि संकायका डीन सुरेशप्रसाद बाँस्तोला, पूर्व परीक्षा नियन्त्रक कर्णवीर पौडेल, कामु परीक्षा नियन्त्रक पूर्णचन्द्रशर्मा, कन्सल्टेण्ट प्रमुख पदमबहादुर शाही, प्राविधिक शाखा प्रमुख विनोदप्रसाद ढकाल, उपप्रशासक होमबादुर थापा, उप्रशासक गोवद्र्धन भट्टराई र ठेकेदार रामेश्वर भण्डारीलाई हिरासतमा लिइएको जनाइएको छ ।
आर्थिक अनियमितताको आशंकामा पोखरा विश्वविद्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत साउनमा महत्वपूर्ण फायलहरु कब्जामा लिएर छानविन सुरु गरेको थियो । विश्वविद्यालयले विभिन्न कलेजहरुलाई सम्वन्धन दिंदा तथा विभिन्न संकायका भवनहरु निर्माण गर्दा अनियमितता भएको आशंकामा अख्तियारले छापा मारी फाइनल कब्जामा लिएर छानविन गरिको हो । अख्तियारको टोलीले विश्वविद्यालयमै बसेर फाइलहरुको बारेमा अध्ययन गरेको थियो । आयोगले उनीहरुलाई आयोगको ऐन, २०४८ को दफा १६ अनुसार हिरासतमा लिई अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

Post a Comment

 
Top