0
पोखरा ८ सिमलचौरस्थित पशुपतिनाथ मन्दिरको तेस्रो साधारणसभा शनिवार सम्पन्न भएको छ । विन्ध्यवासिनी मन्दिर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा देवका पौडेल, कमला गिरी, पवित्रा के.सी., सल्लाहकार उपेन्द्र ढकाल र विश्वनाथ बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सचिव श्रीराम बराल र कोषाध्यक्ष गोविन्द बरालले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतिले पारित भएको थियो ।
गीताञ्जलीको १४३ औं श्रृखला
गीताञ्जली साहित्य परिवारको १४३ औं श्रृखला पोखरा रामघाटस्थित गीतामन्दिर परिसरमा वर्तमान नेपाली साहित्यको परिचर्चा र रचना वाचनसँगै सम्पन्न भएको छ । युवा साहित्यकार दीपेन्द्र पहारीको स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रममा लक्ष्मण आचार्य र स्मृति ओझाले साहित्यीक रचना प्रस्तुत गरेका थिए । परिवारका कोषाध्यक्ष भानुभक्त भण्डारीद्धारा सञ्चालित कार्यक्रममा प्रभात नायकका रुपमा साहित्यकार कल्याण पन्त रहेका थिए ।
वि.स. २०५९ मा स्थापना भएको परिवारले प्रत्येक महिनाको पहिलो शनिवार नियमित रुपमा साहित्यिक कार्यक्रम सञ्चालन गदै आइरहेको छ ।

Post a Comment

 
Top