0

कास्कीमा क्रियाशिल विद्यार्थी संघ संगठनहरूको शुक्रबार भएको संयुक्त बैठकले लेखनाथको जनप्रकाश उच्च माविको दृष्टिविहिन छात्रवासमा भएको बलत्कारको घटनाको कडा निन्दा गर्दै घटनाका दोषी दृष्टिविहीन छात्रवासका प्रमुख दण्डपाणि ढकाललाई हदैसम्मको कारवाहीको माग गरेका छन् । घटनाको सम्बन्धमा विज्ञप्ति जारी गर्नेहरूमा अनेरास्ववियू कास्कीका अध्यक्ष अर्जुन अधिकारी, नेपाल विद्यार्थी संघका नेता भानु ढकाल, अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष कृष्णराज दाहाल, अखिल छैठौंका अध्यक्ष गणेश अधिकारी, अखिल क्रान्तिकारीका नेता मणि न्यौपाने रहेका छन् । संयुक्त विज्ञप्तिमार्फत विद्यार्थी संघ संगठनहरूले कारवाहीको माग गरेका हुन् । बलात्कारका घटनाहरू दिनानुदिन बढ्दै जानु अत्यन्तै दुःखद् भएको भन्दै पीडितलाई उचित क्षतीपूर्ति सहित न्याय दिलाउन आफुहरू जुनसुकै मूल्य चुकाउनपनि पछि नपर्ने बताए । विद्यालय जस्तो विशुद्ध शैक्षिक हाताभित्र भएको सो पासविक निन्दनीय घटनाको यथासक्के चाँडो छानविन गरी पीडितलाई न्याय दिलाउन र पीडकलाई हदैसम्मको कानूनी कारवाहीको माग गर्दै विद्यार्थीहरूले सम्बन्धित निकायहरू समेतको ध्यानाकर्षण गराएका छन् । केही दिन अघि लेखनाथको जनप्रकाश उच्च माविका दृष्टिविहिन शिक्षक एवम् दृष्टिविहन छात्रावासका प्रमुख दण्डपाणि ढकालले सोही छात्रावासमा बस्ने एक १८ बर्षिय दृृष्टिविहिन छात्रालाई बलात्कार भएको घटना सार्वजनिक भएको थियो ।

Post a Comment

 
Top