0
डिफेण्डिङ च्याम्पियन सिक्स सोल्टिज स्पोर्टिङ क्लब घाँसा, आयोजक निर्मल स्पोर्टिङ क्लब लेते, धौलागिरि युवा क्लब कोवाङ र जनहित क्लब जोमसोम लेतेमा जारी ४४ औं थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रम–२०७१ अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । थाक खेलकुद तथा सांस्कृतिक विकास संघको तत्वावधान एवं निर्मल स्पोर्टिङ क्लबको आयोजनामा लेतेमा जारी ४४ औं थाक लगातार चारै खेलमा सतप्रतिशत जीत हात पार्दै आयोजक लेते समूह बी बाट विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । शुक्रबार भएको लिगचरणको अन्तिम खेलमा कोवाङलाई ३–१को सेटमा पराजित गर्दै आयोजक लेते १२ अंकसहित समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो सेट २५–२३ ले जितेको उसले दोस्रो सेट २३–२५ ले कोवाङलाई सुम्पियो । तेस्रो सेट २५–१९ ले हात पारेको लेतेले चौथो सेट भने २६–२४ को संघषपूर्ण जीत दर्ता गर्यो । हारका बाबजुत कोवाङ पनि नौ अंकसहित उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाउन सफल भयो । अर्को खेलमा घाँसाले जनहित क्लब जोमसोमलाई सोझो तीन सेटमा पराजित गर्यो । सेमिफाइनलमा प्रवेश गर्न जित्नैपर्ने खेलमा उसले जोमसोमलाई पहिलो सेट २५–१९, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१८ ले हरायो । सो खेलमा घाँसाले जित्दा आठ अंक जोडेको अन्नपूर्ण क्लब ताग्लुङ प्रतियोगिताबाट बाहिरियो । उसले शुक्रबार नै नीलगिरि युवा क्लब टुकुचेलाई सोझो तीन सेटमा पराजित गरेको थियो ।

Post a Comment

 
Top