0
नेपाली कांग्रेसका केन्द्रीय सदस्य भिष्माराज आङदेम्वेले नेपाली कांग्रेस पूर्णरुपमा माघ ८ गते संविधान जारी गर्ने हेतुका साथ लागेको बताएका छन् । कास्कीमा आदीवासी जनजातिहरु संग अन्र्तक्रिया गर्दै उनले माघ ८ गते जुनसुकै हालतमा संविधान जारी गर्नुपर्ने भन्दै नेपाली कांग्रेस जोडतोडका साथ लागिरहेको जिकिर गरेका हुन् । संविधान सभा बाहिर रहेको दलहरु संग छिट्टै सहमति गरि संविधान निर्माणलाई अगाडि बढाइने उनको भनाई छ । नेपाली कांग्रेस आदिवासी जनजाति विभाग प्रमुख समेत रहेका आङदेम्वेले आदिवासी, जनजाति, मधेसी महिला दलित लगायतको अधिकार सुनिश्चित हुने गरि संविधान जारी गर्नुपर्ने बताए । उनले आदिवासीजनजातिहरुको अधिकार सुनिश्चिताका लागि आफू सदैव तयार रहेको स्पष्ट पारे । संसदिय उद्योग, उपभोक्त समितिका संयोजक समेत रहेका आङदेम्वेले उपभोक्त अधिकारका निमिक्त कटिबद्ध रहेको जिकिर गर्दै समास्याहरुको हल गर्न प्रतिवद्ध रहेको बताए ।
त्यसैगरि आदिवासी जनजाति विभागका केन्द्रीय सदस्य बुद्ध लामाले आदिवासी जनजातिहरु एक भएर लाग्नुपर्नेमा जोड दिए । उनले पहिचान सहितको संघियता ल्याउनका लागि आदिवासी जनजातिहरुले दबाब दिनुपर्ने बताए । कास्की क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति वीर्जमान गुरुङको अध्यक्षमा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव कृष्ण केसि, जिल्ला सदस्य मनोज गुरुङ, आदिवासी जनजाति संघ जिल्ला सचिव आश बहादुर गुरुङ, क्षेत्रिय सभापति खम्बसिंह गुरुङ लगायतले बोलेका थिए ।

Post a Comment

 
Top