
आइतबार सम्पन्न खेलबाट विरौटा–आँखा हस्पिटल – घाँरीपाटन ट्याक्सी इकाई समिति, टुडिखेल – हेमजा–फेदी ए ट्याक्सी इकाई समिति, टुडिखेल–हेमजा–फेदी बी ट्याक्सी इकाई समिति र अमरसिंहचोक ट्याक्सी इकाई समिति क्वाटर फाइनलमा प्रवेश गरेका छन् । पोखरा–१३ संगमटोलस्थित माछापोखरी खेल मैदानमा शुरु भएको प्रतियोगितामा १४ वटा ट्याक्सी इकाई समितिले सहभागिता जनाएका छन्। प्रतियोगिता मङ्गलबारसम्म चल्ने छ । प्रतियोगितामा विजेता समुहलाई नगद ५६ हजार छ सय ६६ शिल्ड, मेडल, प्रमाण पत्र र उपविजेतालाई ३४ हजार चार सय ४४ शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
त्यसैगरी, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, बेष्ट डिफेण्ड, बेष्ट गोलकिपर, बेष्ट स्ट्राइकर र अनुशासित समुहलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । ट्याक्सी चालकवीच आत्मियता, सद्भाव एवं खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
Post a Comment