
लायन्स क्लव अफ पोखरा सेन्ट्रल टाउनद्वारा आयोजित ब्लड डोनशेन कार्यक्रम आइतवार पोखरा महेन्द्रपुल चोकमा रक्त सञ्चार कार्यालय, रामघाटको प्राविधिक टोलीहरुको विशेष सहयोगमा सम्पन्न ग¥यो । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुखज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व क्लवका अध्यक्ष चण्डिप्रसाद अर्यालले गर्नुभएको थियो भने डिष्ट्रिक्ट ३२५ नेपालका आइ.पि.एम.सि.सि. दिपक श्रेष्ठ, पि.एम.सि.सि. प्रेम बहादुर श्रेष्ठ, ब्लड डोनशेन कमिटिका डिष्ट्रिक्ट चिफ कोअर्डिनेटर दिनबन्धु पौडेल, एन.एल.एफ.चिफ कोअर्डिनेटर तिर्थलाल श्रेष्ठ, पि.आर.ओ. लायन राधा पौडेल लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । विशेष आकर्षणस्वरुप पोखरा उद्योग वाणिज्यसंघका नवनिर्वाचित अध्यक्ष विन्दु कुमार थापालाई सम्मान गरिएको थियो । शिव कुमार पौडेलको संयोजकत्वमा सुसम्पन्न उक्त कार्यक्रम क्लवका सचिव लायन देवकृष्णले काफ्लेले गरेका थिए भने पूर्वअध्यक्ष शम्भुराज बाँस्तोला, मदन प्रसाद द्धा, दामु अधिकारी, रघुनाथ अधिकारी, ई.सुरेन्द्रबहादुर गोदार, डोलबहादुर थापा, प्रथम उपाध्यक्ष फणिन्द्रराज शर्मा, पि.आर.ओ. चन्द्रविक्रम अधिकारी, मेम्वरसिप चियरपर्सन कृष्ण कोइराला, पुरुषोत्तम न्यौपाने, ई.शारदा मोहन काफ्ले, नारन शर्मा, प्रेम बहादुर क्षेत्री, प्रकाश गौतम, बुद्धिसाग पौडेल, टिका पौडेल, कमल बहादुर अधिकारी, बुद्धिसागर खनाल लगायत क्लवका उल्लेख्य सदस्यहरु को उपस्थिति रहेको थियो । कार्यक्रममा पश्चिमाञ्चल लोकदोहोरी प्रतिष्ठानका सचिव रामजी पौडेलले रक्तसञ्चार सम्बन्धी गितबाट सबैलाई भावुक बनाउनु भएको थियो । उक्त कार्यक्रममा ६० युनिट रगत संकलन गरिएको थियो ।
Post a Comment