0
एएफसी सोह्र वर्षमुनि (यु(१६) च्याम्पियनसिप फुटबल प्रतियागिता मा नेपालले डिफेन्डिङ च्याम्पियन उज्वेकिस्तान सँग बराबरी खेलेको छ । थाइल्यान्डको बैङ्ककस्थित मुआङथोङ रङ्गशालामा भएको सो प्रतियोगितामा नेपालले सबैभन्दा बलियो मानिएको टोली उज्वेकिस्तानलाई १–१ गोलको बराबरीमा रोकेको हो ।  प्रतियोगितामा खेलको मध्यान्तरसम्म दुवै टालीले गोल गर्न नसके पनि मध्यान्तरपछि सुरु भएको आठ मिनेटमा नै उज्वेकिस्तानले पहिलो अग्रता लियो । उज्वेकिस्तानका कुिचमोभले खेलको ५३ औँ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका हुन् । त्यस्तै नेपाललाई गोल फर्काउन खेलको मध्यान्तरपछिको अत्तिरिक्त समयसम्म कुर्नुप¥यो ।
मध्यान्तरपछि चार मिनेट समय थप गरिएको अतिरिक्त समय ९३ औँ मिनेटमा नेपालका किरण सुनुवारले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा टुङ्गाए ।
प्रतियोगितामा नेपाली टोली कप्तान विमल घर्तीमगरबिना नै मैदानमा उत्रिएको थियो । प्रतियोगिताको छनोट चरणको खेलमा विमलले लगातार दुई पहेँलो कार्ड खाएको कारण पहिलो खेलमा सहभागिता जनाउन पाएनन् ।  समूह सीमा रहेको नेपालले दोस्रो खेल यही भदौ २४ गते प्रजातन्त्रिक जनगणतन्त्र कोरियासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सेमिफाइनल मा प्रवेश गर्ने टोलीले अर्काे वर्ष चिलीमा हुने यु–१७ विश्वकप फुटबल प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ ।

Post a Comment

 
Top