0
हेमजास्थित तिब्बती शरणार्थी बालबालिकाका लागि खुलेको माउन्ट कैलाश निमाविमा हिमालयन बुद्ध फाउन्डेशन (एचविएफ) पोखराको अगुवाइमा मंगलबार एक कार्यक्रमका बिच बाल घुम्ती पुस्तकालय सेवा प्रदान गरिएको छ । कार्यक्रममा विद्यार्थीहरूलाई करिब ३ सय पुस्तक हस्तान्तरण गरिएको थियो भने गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई स्टेशनरी सामग्री उपहार दिइएको थियो । उक्त विद्यालयमा १ सय १६ विद्यार्थीहरू अध्ययनरत छन् । घुम्ती पुस्तकालयको मुख्य सहयोगकर्ता बुद्ध फाउन्डेशन जापानका युको यामागुचीले प्रमुख अतिथिको मन्तव्य दिँदै छोराभन्दा पनि छोरीहरूले अतिरिक्त अध्ययन गरी स्वतन्त्रताको आत्मविश्वास बढाउनु पर्नेमा जोड दिइन् । गरिब र सिमान्तकृत बालबालिकाहरू विश्वस्तरका पाठ्यसामग्रीबाट बञ्चित भएको सन्दर्भमा तिनीहरूमा अध्ययन गर्ने बानीको विकास गर्नकालागि बाल घुम्ती पुस्तकालय स्थापना गरिएको एचविएफका अध्यक्ष तेज कुमार गुरुङले बताए । उनको फाउन्डेशनले कास्की जिल्लाका १ सय ६१ सामुदायिक विद्यालयमा यस्तै सेवा प्रदान गरिसकेको तथा
केही विद्यालयहरूको भौतिक पूर्वाधारका लागि आर्थिक सहयोग गरेको जानकारी पनि दिए । कार्यक्रममा बोल्दै ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष गनेस पौडेलले स्कुले जीवनबाटै अतिरिक्त पुस्तकप्रतिको मोह बृद्धि गर्नका लागि शिक्षक र अभिभावकले उत्प्रेरणा दिनुपर्ने बताए । रिडर्स सोसाइटीले उक्त विद्यालयमा बाल पाठक समूह गठन गर्ने तयारी गरेको जानकारी पनि दिए ।  विद्यायलका प्राचार्य तेन्जिङ वोसरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालयको परिचय मिज पेमाले गरेकी थिइन भने सञ्चालन घुम्ती पुस्तकालयका निर्देशक इश्वरीप्रसाद तिवारीले सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top