0
राष्ट्रिय बाल दिवस कास्कीमा सप्ताहव्यापी रुपमा विविध कार्यक्रम गरेर मनाइने भएको छ । जिल्ला बालबालिका कार्यालय कास्कीले मंगलबार पत्रकार सम्मेलन गरेर बालदिवस मनाउन लागेको जनाएको छ ।
कास्कीका बालअधिकार अधिकृत भरतराज बरालले भदौं २३ देखि २९ गते सम्म बालबालिका सम्बन्धि विविध कार्यक्रम गरेर मनाउन लागेको बताए । ‘बालबालिकाका कुरा सुनौ, बाल दूव्र्यवहार अन्त्य गरांै’ भन्ने मुल नाराका साथ पोखरामा पनि विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल दिवस २०७१ मनाउन लागिएको हो । बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघ सस्थाहरु मिलेर कार्यक्रम गर्न लागिएको बाल अधिकार अधिकृत भरतराज बरालले बताए । बल दुव्र्यवहार अन्त्य गर्न र अधिकारको सुनिश्चित गर्न कार्यक्रम आयोजना गरिएको हो । जिल्ला बाल मञ्चको आयोजनामा भदौ २९ गते सभासदलाई बालबालिकाको पत्र प्रतियोगिता हुने भएको छ । बाल सरोकारका विषयमा सम्बन्धित सरकारी तथा गैरसरकारी निकायलाई थप उत्तरदायी बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । त्यसैगरी एसएलसी परीक्षामा जिल्लाका सामुदायिक विद्यालयहरु बाट प्रथम हुने बालक र बालिकालाई सम्मान, क बर्गमा परेका बालगृहलाई सम्मान, सभासदलाई पत्र तथा सम्मान, बालबालिका सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक तथा हस्तान्तरण कार्यक्रम रहेको छ । कास्कीमा २०६८ को जनगणना अनुसार १९ बर्षमुनिका बालबालिका २ लाख १ हजार ४ सय ९८ जना रहेका छन् ।
गैरसरकारी संस्थाहरुको आयोजनामा पनि विभिन्न कार्यक्रम गर्ने तय भएको छ । जसअनुसार गोनेसाको आयोजनामा जानकी निमाविमा बालबालिकासँग वातावरण संरक्षण सम्बन्धी अन्तरकृया हुने भएको छ । भदौ २८ गते बालिका शक्ती संजालको आयोजनामा किशोरी हरुका सवालहरुलाई उजागर गर्ने लुज संयन्त्र निर्माण तथा सवालहरुको उजागर गर्ने कार्यक्रम रहेको छ । सोही दिन साथी नेपालको आयोजनामा चित्रकला प्रतियोगिता, चेन्ज नेपालको आयोजनामा बाल यौन दुव्र्यवहार सम्बन्धी सचेतना कार्यक्रम, रेन्वो चिल्डूेन होमको आयोजनामा चित्रकला तथा निवन्ध प्रतियोगिता, बालगृह संजालको आयोजनामा एसएससीमा प्रथम श्रेणीमा उत्तीर्णलाई सम्मान, सिडब्लुईएसको आयोजनामा बक्तृत्वकला हुने भएको छ । त्यसैगरी असोज ३ गते राईट फर चिल्डेूनको आयोजनामा सरकारी विद्यालयका बालबालिका बीच चित्रकला प्रतियोगिता हुने भएको छ । थ्री एञ्जल्स नेपालको आयोजनामा बाल अधिकार र कर्तव्य विषयक वक्तृत्वकला,महिला सशक्तिकरण नेपालको आयोजनामा बालिकाबीच व्याडमिन्टन प्रतियोगिता, पोखरा उद्योग बाणिज्य संघको आयोजनामा बालबालिका र बाल अधिकार सम्बन्धी सडक नाटक, नेपाल हाउस कास्की रमाइलो बाल आर्ट मेला, नमस्ते सामुदायिक प्रतिष्ठानको आयोजनामा चित्रकला प्रतियोगिता, चिल्डे«न नेपालको आयोजनामा बाल दिवस सन्दर्भमा अभिभावक ¥याली तथा एसएलसी उत्तीर्णलाई सम्मान कार्यक्रम हुने भएको छ ।

Post a Comment

 
Top