0
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको अन्तर्राष्ट्रिय मुख्यालय माउण्ट आबुका राजयोगी ब्रह्माकुमार भगवान भाइले परीक्षामा राम्रो अंक प्राप्त गर्नका लागि विद्यार्थीहरुको मनमा शान्ति र एकाग्रताको खाँचो पर्ने बताएका छन् । वेलनन एकेडेमी स्कूल, गलेश्वरमार्ग, पोखरा–१५ र सेन्ट मेरीज स्कूल नयाँगाउँमा अर्धवार्षिक परीक्षामा सफलताको लागि छात्र छात्रालाई प्रोत्साहित गर्दै उनले विचलित मन र तनावयुक्त स्थितिमा रहेर परीक्षामा सहभागी हुँदा जानेका कुराहरुलाई पनि स्मरण गर्न र सही तरिकाले लिपिबद्ध गर्न गाह्रो पर्ने बताए ।
भगवान भाइले विद्यार्थी जीवनमा सफलता हासिल गर्न र उत्तीर्ण हुन जहिले पनि शान्त र एकाग्र मन हुनु जरुरी रहेको बताउँदै जुन विद्यार्थीले वर्तमान विद्यार्थी जीवनमा सहज सफलता हासिल गर्छन् उनीहरुको भविष्य पनि उज्जवल र सफल हुने स्पष्ट पारे । एकाग्रता र शान्तिको शक्तिद्वारा पढेका कुराहरुलाई सहज स्मरण गर्न सक्ने बताउँदै उनले यि दुइवटा गुण विद्यार्थी जीवनको जग भएको जानकारी गराए । ‘मानव जीवन पनि परीक्षा तूल्य हो जसको शुरुवात विद्यार्थी जीवनबाट हुन्छ । शान्ति, एकाग्रता र धैर्यताद्वारा जीवनमा आउन सक्ने हरेक समस्यालाई सामना गर्न सकिन्छ । जुन विद्यार्थीले परीक्षामा अरुको नक्कल गर्छन उनीहरुले भविष्यमा पनि अरुको नक्कल गरेर बाँच्नु पर्ने हुन्छ । उनीहरु आत्मविश्वासी बन्न सक्दैनन् ।’ उनले भने–‘जुन विद्यार्थी परीक्षाकालमा तनावमा रहन्छन् उनीहरुको भविष्य जीवनपनि तनावमा नै बित्ने अधिकतम सम्भावना रहन्छ ।’
विद्यार्थीकालको मेहनतले हाम्रो जीवनमा रंग ल्याउँछ । खेल्ने दौडिनेमात्र ग¥यो भने खराब र पढ्ने लेख्ने ग¥यो भने नबाब बन्ने भन्दै उनले कुसंग, सिनेमा, व्यसनबाट सदैव आफूूलाई टाढा राखी जीवनमा नैतिक शिक्षालाई अपनाएमा मनोबल बढ्ने र व्यक्तिको व्यवहारमा निखारता आउने बताए ।
वेलनन एकेडेमी स्कुलमा निर्देशक ललित कुँवर र सेन्ट मेरीज स्कूलमा प्रधानाध्यापक सिस्टर भिनाले स्कूलमा आएर बिद्यार्थीको मनोबल बढाउने उत्कृष्ट प्रशिक्षण प्रदान गरेकोमा प्रशिक्षक भगवान भाइलाई स्वागत तथा आभार प्रकट गरेका थिए ।

Post a Comment

 
Top