0
गार्डेन भेट्रान्स,हिमालयन क्लव, बगर भाइखलक र नयाँ गल्लि पोखराको टुँडिखेलमा जारी तीसवर्ष नाघेकाहरुको सेभेन ए साइड फुटवल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । शुक्रबार भएको खेलमा गार्डेनले विष्णुपादुका हेम्जालाई ६–२ गोलको फराकिलो अन्तरले पराजित ग¥यो । खेलमा गार्डेनका दिवश कुँवर र विनोद गुरुङ्गले समान २–२ गोल गरे भने चन्द्र गुरुङ्ग र टिकेन गुरुङ्गले १–१ गोल गरे । हेम्जाको तर्फबाट रामजी थापा र भरत कार्कीले १–१ गोल गरेका थिए । सम्झौता युवा क्लव र इन्द्रेणी एकीकृत विकास केन्द्रको संयुक्त आयोजनामा जारी प्रतियोगिता अन्तर्गत अर्को क्वाटरफाइनलमा हिमालयन क्लवले नट्टि बुल्सलाई ३–१ गोलले पराजित ग¥यो । हिमालयनको जितमा शंकर बस्नेतले २ तथा शंकर केसीले १ गोल गरे । अर्को खेलमा बगर भाइखलकले लेकसाइड क्लवमाथि संघर्षपूर्ण जित हाँसिल ग¥यो । उसले सडनडेथमा नतिजा आफ्नों पक्षमा पारेको हो । यसअघि निर्धारित समयको खेलमा भाइखलकको तर्फबाट अमित गुरुङ्गले तथा लेकसाइडको तर्फबाट नारायण केसीले गोल गरेका थिए । त्यसैगरि नयाँ गल्लि क्लवले ग्यालेक्सि युनाइटेड फेदीमाथि  ३–० को जित हाता पार्दै अन्तिम चारमा आफ्नों स्थान बनायो । सो खेलमा नयाँ गल्लिका मन्नु गुरुङ्गले २ तथा विकास गौचनले १ गोल गरेका थिए । यो संगै सेमिफाइनल समिकरण पनि पुरा भएको छ ।
शनिबार विहान हुने सेमिफाइनलमा गार्डेन भेट्रान्स र हिमालयन क्लव तथा नयाँ गल्लि र भाइखलक भिड्ने छन् । प्रतियोगिताको फाइनल खेल पनि शनिबारनै हुने आयोजक समितिले जानकारी दिएको छ ।

Post a Comment

 
Top