0
नेपालीहरुको महान् पर्व दशंै नजिकिंदै गर्दा कास्कीको कालिका गा.वि.स.मा चोरीका घटना बढ्न थालका छन् । बिहीबार बिहान स्थानीय ढकबहादुर भुजेलको घरको खोरमा थुनेर राखेको खसीमा साथै कालिका–३, काफलघारीमा रहेको एक पसल फोडी चोरी गरेको स्थानीय युवा नवराज पौडेलले बताए । गाविसमा चोरीका घटना बढ्न थालेपछि कालिका ३ र ४ का युवाहरुले रात्रिकालिन गस्ती समेत शुरु गरेका छन् । रातको समयमा चोरले पसल फोर्ने, खोरमा थुनेका खसी, बोका चोर्न थालेपछि स्थानीयले पालैपालो गरेर रात्रिकालिन गस्ती शुरु गरिएको नवराज पौडेलले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । चोरीका घटना बढ्न थालेपछि गाउँमा पुग्ने अपरिचित युवाहरुलाई निगरानी समेत गर्न थालिएको उनले बताए । चोरीका घटना हुने वित्तिकै प्रहरीलाई खबर गरि अनुसन्धान गरिएको भएपनि प्रहरीले केही गर्न नसकेको स्थानीयहरुले आरोप लगाउन थालेका छन् । 
चाँडपर्वको समयमा चोरीका घटनाले गर्दा त्रसित बनेका स्थानीयले चोरलाई तत्काल पक्राउ गरी भयमुक्त समाज निर्माण गर्न स्थानीयले प्रहरी समक्ष माग गरेका छन् ।

Post a Comment

 
Top