0
एरिहेष्ट रेमिडाइन गुजरात भारतले उत्पादन गरेको र ब्लु एक्सेस इन्टरनेशनलले बजारमा ल्याएको सुपर नोनी जुसको पोखरामा विक्री वितरण शुरु भएको छ । पतञ्जली योग समिति नेपाल महिलाकी केन्द्रीय प्रमुख हिमानन्द गिरी र स्वतन्त्र पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले पोखरामा सोमबार संयुक्त रुपमा जुसको लञ्चिङ गरेका थिए । ट्रेनर नेपालले पोखराको प्रदर्शनी केन्द्रमा आयोजना गरेको दशै महोत्सवमा संचालित बृहत निःशुल्क योग शिविरको मुख्य प्रायोजक सुपर नोनी जुस रहेको छ । ब्लु एक्सेसले सुपर ब्राण्डमा स्वास्थ्य सम्वन्धी विभिन्न उत्पादनहरु पनि बजारमा ल्याएको अध्यक्ष कृष्णकुमार नेपालीले जानकारी दिए । उनका अनुसार, ग्याष्ट्रिक टि, सुपर डाइबेटिज टि, सुपर सोप, सुपर स्लिम लगायतका उत्पादनहरु बजारमा छन् । सुपर नोनी जुसको नियमित सेवनले स्वास्थ्यमा लाभ हुने डा. विष्णु चापागाईले बताए । सुपर नोनी जुस नोनी, त्रीकुट, अमला, अश्वगन्धा, विदांग, घोड्ताप्रे, घिउकुमारी, रसायन चुर्न, अंगुर र प्राचीन जडिबुटीबाट बनेको हो ।
सो जुसले मधुमेह, डिप्रेसन, उच्च रक्तचाप, मुटुरोग, क्यान्सर लगायतका रोगहरु समेत निको पार्ने दावी गरिएको छ । लञ्चिङ कार्यक्रममा ट्रेनर नेपालका अध्यक्ष रविन गुरुङ र संचारकर्मी लक्ष्मी जि.सिले बोलेका थिए ।

Post a Comment

 
Top